आगामी बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनको लागि रोशी गाउँपालिका वडा नं. ६ बाट काँग्रेस सभापति तिर्थ लामाको भाइ सूर्य मोक्तान (कुण्डले)ले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । पार्टी भित्रको इमान्दार र कुशल व्यक्तिलाई पार्टीले उम्मेदवार नबनाएको कारण भन्द्र मोक्तानले वागी उम्मेदवारको रुपमा आफूलाई घोषणा गरेका हुन् ।

काँग्रेसको काभ्रे क्षेत्र नं. १ का क्षेत्रिय प्रतिनिधि समेत रहेका उनले नेपाली काँग्रेसमा लामो समय योगदान गरेका थिए । माओवादी आन्दोलन चर्किरहेको बेला समेत पार्टी बचाई राख्ने व्यक्तिलाई टिक नदिएपछि टिकटको विषयलाई लिएर सो वडामा विवाद चर्केको थियो । काँग्रेस जिल्ला सभापति लामाले मनोमानी ढंगले टिकट वितरण गर्न  खोजेको र आफुले वागी उम्मेदवारीको घोषणा गरेको मोक्तानले बताएका छन् ।
यस अघि मोक्तानलाई सभापति तिर्थ लामाले अध्यक्षको टिकट दिने आस्वासन दिएर माओवादी केन्द्रबाट काँग्रेस प्रवेश गराएका थिए । १९ जनाको दावी रहेकोमा सभापति लामाले जिल्ला पार्टी कार्यालय बनेपामा एक्लौटी रुपमा वडा सभापति समेत रहेको नारायणबहादुर शिवाकोटीलाई उम्मेदवार घोषणा गरेका थिए ।

वर्तमान वडा अध्यक्ष पदमबहादुर लामाले आफू उम्मेदवार नबन्ने भनेपछि कुण्डले, रिमबहादुर तामाङ, राजु शाह, राजु तामाङ, गुणराज शाह ठकुरी, धनबहादुर लामा लगायतले दावी गरेका थिए ।
सभापति लामाले सबैलाई थर्काएर कुनै सल्लाह नै नगरि शिवाकोटीलाई उम्मेदवार घोषणा गरेको थाहा पाएसँगै आफूले वागी उम्मेदवार बन्ने घोषणा गरेको उनले बताए । ‘काँग्रेसको त्यागी नेता र कार्यकर्ताहरुलाई बाहिर राखेर तिर्थ लामाले गुण्डागर्दी स्वभाव देखाएर एकलौटी तरिकाले उहाँलाई उम्मेदवार घोषणा गर्नुभयो ।’ कुण्डलेले भने, ‘काँग्रेस भित्रको इमान्दार, त्यागी र कुशाल नेता कार्यकर्ताको पक्षमा मेरो उम्मेदवारी हो ।’

– तेमाल अनलाइन वाट

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..