महानगर प्रहरी प्रमुख राजु पाण्डेको रिट खारेज

 

काठमाडौं — काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेले निलम्बनविरुद्ध दायर गरेको रिट उच्च अदालत पाटनले खारेज गरेको छ। न्यायाधीश डालबहादुर खड्का र दीपक खनालको संयुक्त इजलासले बुधबार सुनुवाइ गर्दै रिट खारेज गरेको हो।

बिज्ञापन

जेठ २० गते निलम्बनमा परेका पाण्डेले प्रशासकीय प्रमुख सरोज गुरागाईलगायतलाई विपक्षी बनाएर रिट दायर गरेका थिए। रिट खारेजीसँगै उनी पुनः निलम्बनमा रहने भएका छन्।

पाण्डेले मेयर बालेन शाहको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत गुरागाईलाई कार्यालय प्रवेशमा रोक लगाएका थिए। सो घटनापछि गुरागाईले स्पष्टिकरण माग्दै चित्त नबुझेपछि उनलाई ६ महिनाका लागि निलम्बन गरेका थिए।