


काठमाडौं । नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रकाश रानाभाटले राजीनामा दिएका छन्।
बिज्ञापन


उनले बुधबार बिहान आइजिपीको सचिवालयमा राजीनामा बुझाएका हुन् ।

गत साउनमा मात्रै एसपीबाट एसएसपीमा बढुवा भएका रानाभाटले पारिवारिक कारण देखाउँदै राजीनामा दिएका हुन्।
उनी २०५८ मा प्रहरी इन्स्पेक्टर भर्ना भएका हुन् । गत साउनमा ११ एसपीलाई एसएसपी बढुवा गरिदा उनी पनि बढुवा भएका थिए । सुदूरपश्चिम प्रदेश कार्यालयमा कार्यरत थिए ।


