


काभ्रे — जेनजी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको पेस्तोल पड्काउँदै भिडियो बनाउने दुई जना युवकलाई प्रहरीले पक्राउ गरेको छ।
बिज्ञापन


पक्राउ पर्नेमा काभ्रे पनौती नगरपालिका–१० का २३ वर्षीय एलेक्स नेपाली र नुवाकोट लिखु गाउँपालिका–६ का २३ वर्षीय समीर श्रेष्ठ रहेका छन्।

उनीहरूले आन्दोलनका क्रममा प्रहरीले बोक्ने पेस्तोल हात पारेर त्यसलाई प्रयोग गर्दै भिडियो बनाएर सामाजिक सञ्जालमा सार्वजनिक गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ।
हाल दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


