काठमाडौं । पछिल्लो समय चर्चामा रहेका भिडियो निर्देशक तथा मोडलमा पर्छन् सुनिल क्षेत्री । उनको निर्देशन तथा अभिनयमा एकपछि अर्को गर्दै सार्वजनिक भएका अधिकांस भिडियोहरुले दर्शकहरुको राम्रो साथ पाइरहेका छन् । यसैको मेसोमा क्षेत्रीको निर्देशनमा झ्याईं पारी बोलको गीतको नयाँ भिडियो सार्वजनिक भएको छ ।![](https://www.kavrepress.com/wp-content/uploads/2024/06/1718235355634.gif)
![](https://www.kavrepress.com/wp-content/uploads/2024/07/IMG-20240730-WA0007.jpg)
![](https://www.kavrepress.com/wp-content/uploads/2023/07/Red-Blue-Modern-New-Arrival-Fashion-Leaderboard-Ad.gif)
![](https://www.kavrepress.com/wp-content/uploads/2024/06/1718235355634.gif)
![](https://www.kavrepress.com/wp-content/uploads/2024/07/IMG-20240730-WA0007.jpg)
![](https://www.kavrepress.com/wp-content/uploads/2023/07/Red-Blue-Modern-New-Arrival-Fashion-Leaderboard-Ad.gif)
डिएआर मुभिज् नामक युटयुव च्यानलबाट सार्वजनिक भएको भिडियोमा मेलिना राई र बिकेन ल्वागुनको स्वर रहेको छ भने दिपेन्द्र रसाईंलीको शब्दमा गायक ल्वागुनकै संगीत रहेको छ ।
भिडियोमा सुनिल क्षेत्रीको साथमा प्रिया अधिकारी, नरेशविर सिंह एवम् नबिना कार्कीको जोडदार नृत्य घम्सा घम्सी रहेको छ । भिडियोलाई नवराज उप्रेतीले खिचेका हुन् भने नबिन घर्ती मगरले सम्पादन गरेका छन् ।
बाँकी भिडियोमा हेर्नुहोस् :