काभ्रेपलान्चोक – उग्रतारा बहुउद्धेश्यीय सहकारी संस्था लि.को साधारण सभा सम्पन्न भएको छ । यहीँ असोज ९ गते सम्म भएको उग्रतारा बहुउद्धेश्यीय सहकारी संस्था लि. को बार्षिक साधारण सभा संस्थाका अध्यक्ष पूर्ण प्रसाद पलाञ्चोकेको सभापतित्वमामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा सचिब दियेसरत्न शाक्य , कोषाध्यक्ष लक्ष्मीलाल राजभण्डारी तथा लेखा सुपरीबेक्षण समितिका संयोजक शान्तिराज कायस्थले पेश गर्नु भएको आ-आफ्नो प्रतिबेदन अनुसार उग्रतारा बहुउद्धेश्यीय सहकारी संस्था लि. वनेपाको आर्थिक बर्ष २०७७/०७८ मा कुल सदस्य संख्या २४७७ कुल शेयर पुंजी ५ करोड २५ लाख २८ हजार,कुल बचत ७३ करोड ३० लाख १० हजार, कुल कर्जा सापट ५६ करोड ३० लाख ३९ हजार , कुल आम्दानी ९ करोड ३१ लाख ६२ हजार , कुल खर्च ७ करोड ५६ लाख ७३ हजार भई कुल सम्पत्ती ८५ करोड ८६ लाख ८३ हजार भएको बताउनु भयो ।

सोही अवसरमा संस्थाका अध्यक्ष पूर्ण प्रसाद पलाञ्चोकेले संस्थाले आगामी दिनमा उत्पादनशील क्षेत्रमा संस्थाको कारोबारलाई बृद्धी गरिने बताउनुको छ । कार्यक्रममा संस्थाका कार्यकारी प्रमुख कृष्णभक्त थापाले सहजिकरण गर्नु भएको थियो ।

 

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..