बनेपा नगरपालिकाका १४ वटै वडाका किसानहरूले पालेका गाई तथा भैँसीमा लम्पी स्किन रोगको संक्रमण देखा परेको छ । सबैभन्दा बढी बनेपा नगरपालिका–१,२,३, ४, ६, १०, १२, १३,१४ मा यो रोग बढी फैलिएको छ।

नाला,साँगा, बासडोल, जनागाल, सिनागाल, बनेपा नयाँ बस्ती लगायतका स्थानमा यो रोग फैलिएको र बनेपा नगरपालिकाले कुनै चासो नलिएको भन्दै स्थानीयले गुनासो पोख्न थालेका छन् । बनेपा नगरपालिका वडा नं. १० का एक स्थानीय भने नगरपालिकाको कोहि पनि जनप्रतिनिधि देखी लिएर कर्मचारीले हामीकोमा आएर हेर्नू भएको छैन । उपचारको कुरा त छोडिदिनुहोस । अझै जनप्रतिनिधिहरु किसानको कुरा गर्दै हिडनु हुन्छ । कता हुनुहुन्छ यो बेला नगरको पशु शाखा प्रमुख..? जनप्रतिनिधि हामी सँग नजिक हुने भनेको भोट लिने बेला मात्रै हो आफ्नो दुख आफै सँग छ उनले भने ।

पशु चौपायामा लागेको यो रोगको रोकथामको उपाय भनेको खोप नै हो। यो खोप नेपालमा सहजै उपलब्ध छैन।लम्पी स्किन रोग लागेका गाई-भैँसीमा ज्वरो आउने र शरीरको विभिन्न भाग तथा भित्री तहमा गाँठागुठी देखिने, गाँठागुठीबाट पानी बग्ने लगायतका लक्षण देखिने गरेको स्थानीयको भनाइ छ ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly