मोडल अतित लामाको धमाकेदार डेब्यु, ‘काभ्रेली सम्धीको पारा..’ म्युजिक भिडियो सार्वजनिक।

काठमाडौं । Mr. Tamang 2024 का उपाधि विजेता तथा बहुप्रतिभाशाली मोडल अतित लामाले अभिनय क्षेत्रमा औपचारिक डेब्यु गरेका छन्। उनको डेब्यु अभिनय रहेको बहुप्रतीक्षित तामाङ गीत ‘काभ्रेली सम्धीको पारा..’ को म्युजिक भिडियो शुक्रबार एक विशेष प्रेसमिटमार्फत सार्वजनिक गरिएको हो।

International Film Academy को प्रस्तुतिमा निर्माण गरिएको यस गीतमार्फत मोडल अतित लामाले आफ्नो अभिनय यात्रा सुरु गरेका हुन्। लामाको आकर्षक प्रस्तुति, आत्मविश्वासी अभिनय र उत्कृष्ट अभिव्यक्तिले दर्शकमाझ विशेष चर्चा बटुल्ने अपेक्षा गरिएको छ।

बिज्ञापन

गीतमा लोकप्रिय कलाकार याङ्गी डोङको दमदार अभिनय रहेको छ भने तामाङ सिने जगतका महानायक आमिर डोङले विशेष भूमिकामा देखिएका छन्, जसले म्युजिक भिडियोलाई थप आकर्षक बनाएको छ।

यस गीतको निर्देशन तथा कोरियोग्राफी आयुष मोक्तानले गरेका छन् भने छायांकन तथा सम्पादन नवीन श्रेष्ठ र कुशल बाखातीले गरेका छन्। क्यामेरा तथा ड्रोनको जिम्मेवारी सिमोन भारती र आरोग्य राज बाखातीले सम्हालेका छन्।

गीतमा कार्साङ लामा र सुमिना ल्होको सुमधुर स्वर रहेको छ। गीतका शब्द सूर्य लामाले सिर्जना गरेका हुन् भने संगीत तथा संगीत संयोजन आर.बी. लामाले गरेका छन्। सम्पूर्ण गीतको संयोजन भने स्वयं अतित लामाले गरेका छन्, जसले उनको बहुआयामिक प्रतिभालाई थप उजागर गरेको छ।

मोडलिङ क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाइसकेका अतित लामा अब अभिनय क्षेत्रमा पनि सशक्त रूपमा उदाएका छन्। ‘काभ्रेली सम्धीको पारा..’ उनको करिअरको महत्वपूर्ण कोसेढुङ्गा बन्ने विश्वास गरिएको छ।

उक्त गीतको आधिकारिक म्युजिक भिडियो Tamang Super Star Damphu Media युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ, जसले दर्शक तथा संगीतप्रेमीबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ।