खानीखोला, काभ्रे । काभ्रे जिल्लाको विकट क्षेत्र खानीखोला गाउँपालिकामा महिला सशक्तिकरण तालिम शुरु भएको छ । पूर्व पिएलए महिला प्रतिष्ठान नेपाल काभ्रे जिल्ला शाखाको आयोजनामा ११३ औँ अन्तराष्ट्रिय श्रमिक तथा नारी दिवसको अवसर पारेर तालिम शुरु गरिएको हो ।

कार्यत्रमको प्रमुख अतिथि अध्यक्ष इन्द्रबहादुर थिङ (छिन्ताङ)ले भावना, मनोविज्ञान र चेतनामै सक्दैन भन्ने पारेका कारण महिला पछाडि परेको बताउनु भयो । उहाँले महिला घरको चुलोचौकामा मात्रै ससिति हुन नमिल्ने बताउनु भएको छ । उहाँले समाजले महिलामाथि हेर्ने दृष्टिकोण गलत भएकोले त्यसलाई बदल्न जरुरी रहेको बताउनु भएको छ । उहाँले अब हातसँगै दिमागलाई पनि सशक्त अबनाउनु आवश्यक रहेको बताउनु भयो ।

महिलाले पुरुष समान काम गर्न सक्दैन भन्ने मनोबैज्ञानिक रुपमा नै विभेदमा पारिएकाले समेत महिला पछि पारेको उहाँको भनाई छ । उनले महिलाले नै एकले अर्कालाई हेर्ने दृष्टिकोण फेर्न आवश्यक रहेको बताए । उहाँले भने, ‘ महिलाको दिमागका पुरुष सरह हामीले सक्दैन भन्ने छ । अब यसलाई बदल्नु पर्छ । विभेदको शुरुवात घरमै छ । त्यसलाई तोड्नु पर्छ ।’

प्रतिष्ठान काभ्रे शाखाको अध्यक्ष मानिता थिङका अनुसार समाज विकासका लागि महिला सशक्तिकरण तालिम तीन दिन सञ्चालन हुनेछ । उनले प्रतिष्ठान काभ्रे शाखाको प्रविधिक तथा खानीखोला गाउँपालिकाको सहयोगमा तालिम शुरु भएको जानकरी दिए ।

थिङको सभाध्यक्षमा शुरु भएको कार्यक्रममा खानीखोला गाउँपालिका अध्यक्ष थिङसँगै गाउँपालिकाकाको निमित्त प्रशासकीय अधिकृत विष्णुबहादुर अधिकारी, प्रशिक्षकहरु इन्द्रराज भट्टाराई, संगीता भट्टाराई, सम्झना वाग्ले, गाउँपालिकाका जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, गाउँपालिकका कर्मचारी लगायतकाको उपस्थिति रहेका थिए । कार्यक्रमको सञ्चालन भने सृजना थिङ गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..