मेनुका कार्की  तारकेश्वर नगरपालिकामा नगस्तरीय स्काउट दिक्षान्त समारोह कार्यक्रम संपन्न भएको छ ।

काठमाडौ जिल्लाको तारकेश्वर नगरपालिका नगर प्रमुख, उपप्रमुख र शिक्षाशाखा प्रमूखलाइ पद तथा गोपनीयताको सपथ गरेका छन् ।देशैभरका ७ सय ५३ स्थानीय तहमा स्काउट बिस्तार भए पश्चात् विश्वभरी महामारीकाे रुपमा फैलिएको कोरोना भाइरस र जारी निषेधाज्ञाको कारणले स्थानीय तहमा दीक्षान्त कार्यक्रम आयोजना गरिएको थिएन |

नेपाल स्काउट स्थानिय स्काउट तारकेश्वर नगरपालिकाले सोमबार तारकेश्वर नगरपालिका वडा नं ६मा एक कार्यक्रमको आयोजना गरी नगर प्रमुख रामेश्वर बोहरा, उप्रमुख भवानी डोटेल भानु तथा नगर शिक्षा शाखा प्रमुख होम नाथ न्याैपानेलाई दिक्षित गरेको हो ।दिक्षित पदाधिकारीहरुलाई नेपाल स्काउटका राष्ट्रिय संयोजक लोक बहादुर भण्डारीले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए ।

 

कार्यक्रममा प्रमुख अतिथि नेपालमा स्काउटका राष्ट्रिय संयोजक श्री लोक बहादुर भन्डारी, बिशेष अतथिमा बागमती प्रदेश मुख्य सचेतक एबम् स्काउटार मा दीपक निरौला ,बागमती प्रदेश स्काउट तदर्थ समिती सदस्य शिवराम अर्याल ,नेपाल स्काउटका सहायक राष्ट्रिय प्रशिक्षक विजेन्द्र ध्वजू,सञ्चारकर्मी एबम गोकर्णेश्वर नगरपालिका स्काउट संयोजक सुदर्शन बजगाई , काठमाडौं जिल्लाका स्थानीय स्काउट संयोजक , रोभर रेन्जर लगायतको उपस्थीती रहेको थियो ।

 

कार्यक्रमका प्रमुख अतिथि एवं नेपाल स्काउटका राष्ट्रियसंयोजक लोक बहादुर भण्डारीले सरकारले देशभरका सबै सामुदायिक विद्यालयहरुमा स्काउटको विकास र विस्तारका लागि नितिगत रुपमा निर्णय गरेर प्रक्रिया अगाढी बढाएको बताउदै नयाँ सरकारले त्यसको सफल कार्यन्वयनका लागि जोडदिनु पर्ने बताए । उनले विगत देखि नै स्काउटले विपद् ब्यवस्थापनमा महत्वपुर्ण भुमिका निर्वाह गदै आएको र स्काउटको आवद्धताले स्वयंसेवा भावनाको विकास मात्र नगरी यो अभियानमा जोडीनेहरुको बौद्धीक, नैतिक र सामाजिक विकाश हुने बताए|यस्तै उनले पछिल्लो समय विपद व्यवस्थापनमा समेत सक्रिय बन्दै आएको स्काउटले कोरोना महामारेबाट ज्यान गुमाएकाको शब व्यवस्थापन,राजधानीमा पार्किङ्ग व्यवस्थापन तथा ट्राफिक लाईट व्यवस्थापनमा अतुलनीय योगदान गरेको बताए|

 

कार्यक्रममा विशेष अतिथि रुपमा बोल्दै वाग्मती प्रदेश मूख्य सचेतक दीपक निरौलाले स्काउटको विकासका लागि तारकेश्वर नगरपालिकाले खेलेको भूमिकाको प्रशंसा गर्दै नगर पदाधिकारीलाई धन्यवाद ज्ञापन गरे । मुलुक संघिय सरचनामा गएसगै स्काउटको अधिकार स्थानिय तहमा पुगेको बताउदै उनले आगामी दिनमा स्काउटको विकास र बिस्तारका लागि स्थानीय सरकारको भुमिका महत्वपुर्ण रहेको बताए ।

 

 

सञ्चारकर्मी एबम गोकर्णेश्वर नगरपालिका स्काउट संयोजक सुदर्शन बजगाईले स्काउटले खेलेको भुमिकाको प्रशसा गदै स्काउटका गतिविधि जनताको माझ पुराउन आगामी दिनमा स्काउट र सञ्चारमाध्यमल विच सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता जनाए ।

 

 

कार्यक्रममा स्थानिय स्काउट संरक्षक एवम नगर प्रमुख रामेश्वर बोहराले स्थानीय तहमा स्काउटको अधिकार आएसंगै यसको विस्तार र विकासमा अवसर र चुनौती उत्तिकै रहेको बताए । उनले भावी दिनमा नगर भित्र रहेका सबै विद्यालयहरुमा स्काउट युनिट स्थापनाको लागि नगरपालिकाको योजना रहेको खुलासा गरे । बोहोराले नैतिक शिक्षा र अनुशासन सिकाउने मुख्य खम्बाको रुपमा स्काउटले भूमिका खेलेको बताए ।

 

कार्यक्रममा उपमेयर तथा स्थानीय स्काउटकी प्रमुख स्काउट भवानी डोटेल भानुले आफ्नो कार्यकालमा स्काउटको विकासको लागि सक्दो सहयोग गर्दै महत्त्वपूर्ण भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरीन् ।

कार्यक्रम संचालन तारकेश्वर नगरपालिका स्काउट समिती सदस्य एबम फाेटो पत्रकार सानुकाजी थापाले गरेका थिए भने कार्यक्रममा तारकेश्वर नगरपालिका स्थानिय स्काउट संयोजक एबम् नेपाल स्काउटका सहायक राष्ट्रिय प्रशिक्षक दामोदर बस्नेतले बोलेर भन्दा नी काम गरेर एक घर एक स्काउटटर उत्पादन गर्ने प्रतिबद्धता गर्दै कार्यक्रम समापन गरेका थिए|

तपाईको प्रतिक्रिया

नैतिक व्यावहारिक तथा व्यवसायी शिक्षा प्रदान गर्दै बेलर| गुणस्तरीय शिक्षाका लागि बेलर हेर्नुस् भिडियो