नुवाकोट – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सम्पन्न नुवाकोट कांग्रेसको अधिवेशनबाट रमेश महत सभापतिमा निर्वाचित भएका हुन् ।
नेपाली कांगैस नुवाकोट को विदुरमा सम्पन्न निर्वाचनमा युवा नेता महत सभापतिमा डा. केदार नरसिंह केसी लाई १० मतले पराजित गर्दै विजयी भएका हुन् । खसेको कुल १ हजार ७ सय ४७ खसेको मतमा महतले ८३३ मत प्राप्त गरेका थिए भने उनका प्रतिस्पर्धी डा. केदार नरसिंह केसी ले ८२३ मत प्राप्त गरेका थिए ।
त्यस्तै अधिवेशनले जिल्ला उपसभापति सन्तमान तामाङ, सचिव बैकुण्ठ मिश्र विजयी भए । युवा नेतामा परिचित अनुहार, गतिशील, लगनशील महतलाई नेपाली कांग्रेसका नेताद्वय डा. रामशरण महत, डा. प्रकाशशरण महत र संघिय सांसद बहादुरसिङ लामाको साथ रहेको थियो । नेता महतले आफू विजयी हुनु नै पार्टीको सबैको जित भएको बताउँदै सबैलाई धन्यवाद तथा आभार व्यक्त गरे ।
सभापतिमा निर्वाचित भएपश्चात महतले १४ आंै महाधिवेशनमा र पार्टीको काममा आफुलाई सामुहिक जिम्मेवारीलाई कर्तव्यबोध गराएको बताए ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..