काभ्रे । जिल्लाको पनौती नगरपालिका वडा नम्बर-२, घर भएका शरद हुमागाईंको अहिले विश्वभरका नेपाली माझ छ । उमेरले भर्खरै २० पूरा भएका शरद सानैदेखि गित गाउन भनेपछि सारै खुसी हुन्थे ।

स्कुलका सबै कार्यक्रममा आफ्नो स्वरद्वारा सबैको मन जित्थे । आज उनै शरद विश्वका ५२ भन्दा बढी देशबाट प्रतियोगीतामा सहभागी ‘मेरो भ्वाइस युनिभर्सको टप १२’ मा पुग्न सफल भएका छ्न ।

आम काभ्रेलीवासीको पहिचान दिने गरि कुशादेविको भुगोललाई प्रतिनिधित्व गर्दै ऐतिहासिक एवम पुरातात्त्विक शहर पनौती नगरलाई चिनाउन शरदको सुमधुर आवाज सफल हुने विश्वासमा स्थानिय युवा दिपेश घिमिरे छन् । उनी भन्छन्, ‘शरदको कलाले पनौतीलाई विश्वभर चिनाउनेछ ।’

सांगितिक यात्रामा शरदले अहिलेसम्म कुनै गुरुमार्फत सिकेका छैनन । आफै घरमा साधना गर्ने र गुनगुनाउने गर्दथे । आज त्यही साधनाले उनलाई उचाईमा पुर्‍याउँदैछ ।

बालखैमा दुर्घटनाबाट बुवा गुमाएका शरद आमा र दिदीहरुको छहारीमा हुर्किए । उनका स्वर्गीय बुवासमेत गितका पारखी थिए । गित संगितमा आफ्नो रुची भएकै कारण पनि उनले छोरालाई त्यही क्षेत्रमा अघि बढ्न सानैदेखि प्रेरित गरिरहे । बुवा अस्ताए पनि आजका दिनमा शरदले त्यो सपना पूरा गर्दैछन् ।

नेपाली सांगितिक इतिहासमा मेरो भ्वाइस युनिभर्सको उपाधि उचाल्दै सुनौलो अक्षरमा आफ्नो नाम लेख्न शरद आतुर छन् । त्यो तब मात्रै सम्भव छ, जब विश्वभर रहेका आम नेपालीहरुले उनलाई साथ दिनेछ । त्यो साथ अहिले शरदले खोजिरहेका छन् ।

 

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..