बनेपा- प्रतिनिधी सभा काभ्रे–२ निर्वाचन धेरै कुरामा चर्चित छ । दुई युवा नेतृत्वबीच गज्जबको प्रतिस्पर्धा हुँदैछ । यसमा जोड घटाउ हुने क्रम रोकिएको छैन । कांग्रेसका कार्यकर्ता मात्रै हैनन् राजनीतिलाई नजिकबाट हेरिरहेका विश्लेषकले समेत सो निर्वाचन क्षेत्रको अंकगणितको समिक्षा गरिरहेका छन् ।
निर्वाचनको अंकगणित हेर्न प्रदेशको निर्वाचनमा आफ्नो उपमेयर लक्ष्मी दनुवारलाई टेष्ट गरेका मेयर तथा एक उम्मेदबार महेश खरेल सो टेष्टमा फेल भैसकेका छन् । पाँचखालकै हेम तामाङसँग उपमेयर पराजित भएसँगै खरेल पछाडी देखिएका छन् । यो खेलमा अर्का उम्मेदबार युवा नेता सुन्दरमणी आचार्य निक्कै अघि देखिएका छन् ।
भुम्लु गाउँपालिका र बेथानचोक गाउँपालिकामा सुन्दरको पक्षमा एक पक्षीय माहौल देखिएको छ । बनेपा,मण्डनदेउपुर, पाँचखाल, धुलिखेल र पनौतीमा उनी निक्कै अघि देखिएपछि खरेल मतको अंक गणितमा निक्कै पछि रहेको विश्लेषकको भनाई छ । तीनवाट प्रदेश निर्वाचन क्षेत्रमध्ये दुईवटामा सर्वाधिक मतले सुन्दर पक्षका नेताले विजयी हासिल गरेको र एउटामा दुई मत अन्तरले सभापतिमा पराजित भएकाले सुन्दरको पक्षमा अंकगणित निक्कै राम्रो देखिएको विश्लेषक बताउँछन् ।