
धादिङको ज्वालामुखी गाउँपालिकामा मञ्जु रम्तेल (दलित समुदाय) र संगम राना मगरबीच सहमतिमा अन्तरजातीय मागी विवाह सम्पन्न भएको छ। परिवार तथा आफन्तजनको उपस्थितिमा भएको यो विवाहलाई स्थानीय स्तरमा सकारात्मक रूपमा लिइएको छ।

गाउँपालिकाका अध्यक्ष यमनाथ दनैले यस्तो अन्तरजातीय विवाहले समाजमा समानता, सहिष्णुता र सामाजिक सद्भाव बढाउने विश्वास व्यक्त गर्नुभएको छ। गाउँपालिकाले नवदम्पतीलाई बधाई तथा सम्मानसमेत गरेको छ।
बिज्ञापन

यस विवाहले समाजमा कायम रहेको जातीय विभेद हटाउँदै सकारात्मक सन्देश दिएको स्थानीयहरूले बताएका छन्।




