बेथानचोक गाउँपालिकाले वडा नं. ४ चलाल गणेशस्थान नजिक दुर्घटनामा परी १७ जनाको अकल्पनीय मानवीय क्षती भएकोमा दुःख व्यक्त गर्दै एक दिन शोक बिदा गरेको छ ।

बनेपा नगरपालिका–११ बाट ब्रतबन्धका लागि बेथानचोक गाउँपालिका–५, च्याल्टी पुगेर फर्किँदै गरेको बा३ख ४३८५ नम्बरको रिजर्भ बस मंगलबार राति दुर्घटना हुँदा १७ जनाको ज्यान गएको थियो ।
गाउँपालिका अध्यक्ष भगवान अधिकारीद्वारा बुधबार जारी गर्नु भएको शोक विज्ञप्तिमा भनिएको छः “बेथानचोक ४ चलाल गणेशस्थान नजिक दुर्घटनामा परि अकल्पनीय मानवीय क्षती हुन गएकोमा हामी मर्माहत छौं । शोकको यस घडीमा सम्पूर्ण दिवंगत आत्माप्रति चीर शान्तिको कामना सहित घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको लागि ईश्वरसंग प्रार्थना गर्दै शोकको यस घडीमा आज यस गाउँपालिका र अन्तंगतका सरकारी कार्यालय, शिक्षण संस्था तथा अन्य संघसस्थाहरुमा शोक विदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।” यस्तै विज्ञप्तिमा भनिएको छ, “बेथानचोक गाउँपालिका भित्रका सबै निजी व्यवसाय समेत बन्द गरि यस दुःखद घडीमा साथ दिनुहुन समेत अनुरोध गरिन्छ ।”

दुर्घटनामा घाइते २२ जनाको धुलिखेल अस्पताल, बनेपाको शिर ममोरियल अस्पताल, मध्यपुर थिमि अस्पताल, वीर अस्पताल, न्यूरो असपताल बाँसबारीमा उपचार भइरहेको छ । बसमा ३९ सवार थिए ।                                 

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly