
बनेपा । नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखाको साधारणसभा सम्पन्न भएको छ । कार्यक्रममा महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्मा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो भने बागमती प्रदेश समितिका अध्यक्ष कृष्ण सारु मगर लगायत पूर्वअध्यक्षहरू, प्रेससँग सम्बद्ध संघ–संस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।


साधारणसभाका अवसरमा महासंघद्वारा स्थापित ‘स्व. भरतराज श्रेष्ठ पत्रकारिता पुरस्कर’ अग्रज पत्रकार मधुसुधन गुरागाईं लाई प्रदान गरिएको थियो । कार्यक्रममा सहभागी अतिथि तथा सञ्चारकर्मीहरूलाई आयोजकले धन्यवाद ज्ञापन गरेको छ ।


नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखा अध्यक्ष विनोद कुमार न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिव नगेन्द्र अधिकारीले सञ्चालन गर्नुभएको थियो । शाखा उपाध्यक्ष कपिल कोइरालाले स्वागत मन्तव्य राख्दै कार्यक्रम सुरु भएको थियो ।


कार्यक्रममा प्रेस जगत माथि सरकारले गरेको आर्थिक नाकाबन्दी एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी सरकारको रवैया विरुद्ध हस्ताक्षर संकलन अभियान समेत सञ्चालन गरिएको थियो।

