काभ्रेपलान्चोक – बनेपा प्याब्सनद्वारा आयोजित नगर स्तरीय पावर प्वाइन्ट प्रिजेन्टेसन प्रतियोगिता सम्पन्न भएको छ।

आज आइतबार काभ्रे मावि बुडोलमा नगर स्तरीय पावर प्वाइन्ट प्रिजेन्टेशन प्रतियोगिता आयोजना गरिएको हो।


प्रतियोगितामा बनेपा -१० मा रहेको नाइटिङ्गेल ऐकेडेमी प्रथम हुन सफल भएको छ।

यस्तै, ग्रेसल्याण्ड ऐकेडेमी साँगा द्वितिय भएको छ भने प्रगति प्रभात ऐकेडेमी तृतीय हुन सफल भएको छ। विद्या सागर स्कूलले भने सान्त्वना पुरस्कार चित्त बुझाएको छ।

१६ वटा विद्यालयका ७५ जना विद्यार्थीहरु सहभागी रहेको उक्त प्रतियोगिता काभ्रेमै नौलो प्रयास भएको बनेपा प्याब्सनका कोषाध्यक्ष एवं कार्यक्रम संयोजक नारायण जोशीले जानकारी दिनुभयो।

काभ्रे प्याब्सनका अध्यक्ष श्यामवहादुर भुजेलको प्रमुख आतिथ्यता एवं बनेपा प्याब्सन अध्यक्ष कुमार मानन्धरको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly