

काठमाडौं । राजन थापा
रोल्पाली चेली फाउण्डेशनले राजधानी काठमाडौंमा ‘सनातन सिन्दूर अभियान’ भव्य रूपमा सम्पन्न गरेको छ। सनातन मातृशक्तिको पहिचान, परम्परा र संस्कारमा प्रयोग हुने सिन्दूरको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा धर्मगुरु, साध्वी, समाजसेवी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

अभियानका केन्द्रीय संयोजक युवराज आचार्यका अनुसार सिन्दूर सनातनी मातृशक्तिको मूल पहिचान भएकाले यसको सम्मान, संरक्षण र सही प्रयोगबारे समाजमा जागरूकता फैलाउन अभियान अघि बढाइएको हो।
कार्यक्रममा जगत गुरुदेव पारायण डा. योगी एच.एन. महाराज, योगिनी श्री ओजस्वी नाथ, ममता शेरचन ‘गौरव’, तात्त्रिक एवं दीक्षित जगत गुरु श्री श्री १०८ शिव शक्ति बाबालगायत वक्ताहरूले सनातन संस्कार, परम्परा र मूल्यहरूको संरक्षणमा सबै एकताबद्ध हुनुपर्नेमा जोड दिए।


विविध क्षेत्रका व्यक्तित्वहरूलाई सम्मान
कार्यक्रमका प्रमुख आकर्षणमध्ये समाजसेवा, सांस्कृतिक संरक्षण, समुदाय नेतृत्व, मानवीय सेवा तथा विभिन्न पेशागत क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्वहरूलाई फाउण्डेशनले सम्मान प्रदान गर्यो।
सम्मानित मध्ये पत्रकार तथा सामाजिक अभियन्ता राजन थापा
नागरिक समाज नेपालका अध्यक्ष महेश जंग कुँवर
महिला अधिकार तथा सीपमूलक विकासमा लामो समयदेखि सक्रिय बिना दाहाल विशेषगरी बिना दाहालले महिलाको शिक्षा, सीप विकास तथा आत्मनिर्भरता प्रवर्द्धनका लागि सञ्चालन गर्दै आएकी ‘सहरा महिला विद्यालय’ तथा विभिन्न सीपमूलक कार्यक्रमहरूको उच्च मूल्यांकन गर्दै उनलाई सम्मानित गरिएको थियो।
सांगीतिक तथा आध्यात्मिक प्रस्तुति कार्यक्रममा रोल्पाली चेली फाउण्डेशनकी अध्यक्ष यमुना के.सी.ले भजन प्रस्तुत गर्दै सभालाई आध्यात्मिक वातावरणमा रंगाइन्। उनको प्रस्तुतीले दर्शकसँगै सहभागीहरूलाई मन्त्रमुग्ध बनाएको थियो।
अध्यक्ष के.सी.को धन्यवाद कार्यक्रमको समापन गर्दै अध्यक्ष यमुना के.सीले भनिन्, “आजको हाम्रो यो अभियानलाई सफल बनाउन साथ, सहयोग र उपस्थितिको भावना देखाइदिनु भएका सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूलाई हार्दिक आभार व्यक्त गर्दछु। सबैको ऐक्यबद्धताले नै यस्तो सांस्कृतिक अभियान सफल बनेको हो।”
अभियान विस्तारको तयारी फाउण्डेशनका अनुसार मातृशक्ति, परम्परा, संस्कृति तथा सनातन पहिचानको संरक्षणलाई निरन्तर प्राथमिकतामा राख्दै देशव्यापी रूपमा अभियान विस्तार गर्ने र थप समाजमुखी कार्यक्रम अघि बढाउने योजना रहेको छ।


