
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेताहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा आज छलफल भएको छ ।


उक्त छलफलमा सरकारका पक्षबाट प्रधानमन्त्री कार्की र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल तथा एमालेका तर्फबाट महासचिव शङ्कर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र केन्द्रीय सदस्य महेश बर्तौला सहभागी छन् ।
बिज्ञापन


उनीहरुबीच आशन्न प्रतिनिधिसभा निर्वाचनलगायत विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।



