ज्योती एकेडेमी: न्यून शुल्कमै गुणस्तरीय शिक्षाको उत्कृष्ट केन्द्र

काभ्रेपलाञ्चोक — काभ्रे जिल्लामा लामो समयदेखि शैक्षिक क्षेत्रमा निरन्तर योगदान दिँदै आएको ज्योती एकेडेमीले गुणस्तरीय शिक्षा प्रदान गर्दै आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल भएको छ।

न्यून शुल्कमै प्रभावकारी र व्यवहारमुखी शिक्षण प्रणाली अपनाउँदै आएको यस विद्यालयले शैक्षिक तथा अतिरिक्त क्रियाकलाप दुवै क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ।

बिज्ञापन

विद्यालयले आधुनिक प्रविधिमैत्री शिक्षण पद्धतिलाई प्राथमिकतामा राख्दै स्मार्ट कक्षा कोठा, स्मार्ट बोर्ड, विज्ञान प्रयोगशाला, कम्प्युटर ल्याब तथा संगीत कक्ष जस्ता सुविधाहरू उपलब्ध गराउँदै आएको छ। यसका कारण विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक सीप विकासमा पनि सहज वातावरण प्राप्त भएको छ।

अतिरिक्त क्रियाकलापतर्फ पनि ज्योती एकेडेमी अग्रणी देखिएको छ। विभिन्न प्रतियोगिताहरूमा जिल्ला स्तरमै उत्कृष्ट नतिजा हासिल गर्दै विद्यालयले आफ्नो क्षमता प्रमाणित गरेको छ।

विद्यालयका प्रधानाध्यापक महेन्द्र विष्टले भने,
“हामीले शिक्षा केवल पाठ्यपुस्तकमा सीमित नराखी विद्यार्थीहरूको समग्र विकासमा जोड दिएका छौं। आधुनिक प्रविधिसँगै अनुशासन, नैतिकता र व्यवहारिक सीपलाई सन्तुलित रूपमा अघि बढाउनु हाम्रो मुख्य लक्ष्य हो।”
त्यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष त्रिरत्न मानन्धरले विद्यालयको उपलब्धिबारे प्रकाश पार्दै भने,
“न्यून शुल्कमा गुणस्तरीय शिक्षा दिनु हाम्रो प्रतिबद्धता हो। अभिभावकहरूको विश्वास र शिक्षकहरूको समर्पणले नै ज्योती एकेडेमी आज जिल्लाकै उत्कृष्ट विद्यालयहरूमध्ये एक बन्न सफल भएको हो।”
गुणस्तरीय शिक्षा, आधुनिक पूर्वाधार र उत्कृष्ट नतिजाका कारण ज्योती एकेडेमी काभ्रे जिल्लाका अभिभावकहरूको पहिलो रोजाइ बन्दै गएको छ।