काभ्रेपलान्चोक – नेकपा एमालेको १० औं जिल्ला अधिवेशनको भोलि उद्घाटन हुदै छ । अधिबेशनमा भोलि बनेपा नगर कमिटीले १ नं. वडा देखी १४ नं. वडा सम्मका सम्पुर्ण मानिसहरु लाई १०:३० मा धुलिखेल बास घारीमा आउन निर्देशन दिएको छ ।

बनेपा नगर कमिटीका उपाध्यक्ष एवम् नेकपा एमालेको १० औं जिल्ला अधिवेशन बनेपाको र्‍याली व्यवस्थापन समितिको संयोजक नवराज मानन्धरले झाकी बाजागाजा सहित अधिबेशनमा जना सबै लाई उपस्थितिको लागि अनुरोध गर्नु भएको छ ।

भोलि जिल्ला अधिबेशनको उद्घाटन नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलिले गर्नु हुने भएकाले बिहान १०:३० मा उपस्थितिको लागि अनुरोध गर्नु भएको हो ।

नेकपा एमाले सम्बद्द सम्पुर्ण नेता कार्यकर्ता तथा आम नेकपा एमाले पृय जनसमुदायमा लाई र्‍याली गर्दा उपस्थितिको साथै विशेष सहयोग पुर्याउनु मानन्धरले अपिल समेत गर्नु भएको छ ।

नेकपा एमाले बनेपा नगर कमिटीका उपाध्यक्ष एवम् जिल्ला अधिबेशन बनेपा नगर र्‍याली व्यवस्थापन समितिको संयोजक नवराज मानन्धरले भोलि पौष २३ नेकपा एमालेको १० औं जिल्ला अधिवेशनमा सम्पुर्ण जिल्ला बासीहरुमा गरिमामय उपस्थितिको लागि अनुरोध गर्नु भएको छ । उहाँले सम्पुर्ण बनेपा नगर बासीहरु लाई धुलिखेल बास घारीमा १०:३० मा उपस्थिति हुन समेत आग्रह गर्नु भएको छ ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..