

काभ्रे । बि.पी. राजमार्गअन्तर्गत नमोबुद्ध नगरपालिका–२ पात्लेगाउँमा अरनिको यातायातको बसको ठक्करबाट एक वृद्धको मृत्यु भएपछि स्थानीयले राजमार्ग अवरुद्ध गरेका छन्।
बिज्ञापन

दुर्घटनामा नमोबुद्ध–२ निवासी ८२ वर्षीय पोटबहादुर कटुवालको घटनास्थलमै मृत्यु भएको हो। बसको ठक्करबाट कटुवाल गम्भीर घाइते भएपछि उपचारका लागि लैजाने तयारी हुँदै गर्दा मृत्यु भएको स्थानीयले बताएका छन्।


घटनापछि आक्रोशित स्थानीयले न्यायको माग गर्दै बि.पी. राजमार्ग अवरुद्ध गरेपछि सवारी आवागमन प्रभावित भएको छ। राजमार्ग अवरुद्ध भएपछि सवारी साधनहरू काभ्रेभञ्ज्याङ र भकुण्डेबेसी हुँदै डाइभर्ट गरिएको प्रहरीले जनाएको छ।
घटनास्थलमा प्रहरी परिचालन गरी स्थिति नियन्त्रणमा लिन प्रयास भइरहेको छ भने दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।


