काभ्रेपलान्चोक – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियनको भुम्लु पालिका अधिबेशन सम्पन्न भएको छ। अनेरास्ववियुको केन्द्रिय सचिव सुजन कडरियाको प्रमुख आतिथ्यता तथा जिल्ला अध्यक्ष मिलन कुमार गौतम, नेकपा एमाले जिल्ला सदस्य  शालिकराम पराजुली, टिकाराम लामा, अनेरास्ववियुका केन्द्रिय सदस्य सुमन जैरुको विशिष्ट आतिथ्यता कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि कडरियाले अनेरास्ववियुले अरु संगठन भन्दा फरक भई समग्र विद्यार्थीहरुको हक हितका पक्षमा बलियो बन्नु पर्ने कुरामा जोड दिएका थिए ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन भुम्लु पालिका अधिबेशन बाट अध्यक्षमा अध्यक्ष सजन जिसी, उपाध्यक्षमा सिर्जन तामाङ्ग, सचीवमा रवि खत्री, सहसचिवमा रुकमिनी गिरी, सहसचिवमा दिपेश उप्रेती, सहसचिवमा सुरेन्द्र पहरी, कोषाध्यक्षमा छिरिङ लामा पदाधिकारी सहित २३ सदस्य निर्बाचित भएका छन् ।

 

तपाईको प्रतिक्रिया

खाना, नाना र छाना बिहिनहरुको साथमा नव क्षितिज …. #nawa #kshitiz