काभ्रेपलान्चोक – नायक श्रीदेव भट्टराईले अफ्रीकामा पीडा गीत बाट उत्कृष्ट मोडलको अवार्ड पाएका छन । नेपाली कला क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल नायक श्रीदेवले विभिन्न अवार्ड तथा सम्मान पाएका छ्न । विगत लामो समयदेखि राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा थुप्रै सफल कार्यक्रमहरु आयोजना गरि एक सफल ईभेन्ट आयोजकको रुपमा ख्याती कमाएका व्यक्ति हुन नायक श्रीदेव भट्टराई । वल्र्डवाईड मिडिया नेटकर्वकको आयोजनामा तेश्रो ग्लोवल ईन्टरनेशनल अवार्ड ईजिप्टको कायरोस्थित होटल स्विसईन नाईलमा सम्पन्न भएको थियो ।

उक्त कार्यक्रममा पिडा गित बाट उत्कृष्ट मोडलको अवार्ड हात पार्न सफल भएका छन् । ईजिप्टका लागि नेपाली राजदुत सुशिलके लम्सालको प्रमुख आतिथ्यतामा आयोजित उक्त समारोहमा नेपालबाट उक्त अवार्ड समारोहका लागि छनौट भएका कलाकार,अभिनेता,समाजसेवी,व्यवसायी लगायतको उपस्थिती रहेको थियो ।

नेपालमा विभिन्न विधामा छनौट भई सम्मान प्राप्त गर्नेमा वरिष्ठ अधिवक्ता कलम वहादुर खत्री, वरिष्ठ सौन्दर्यविद मनिषा जिसी, युवा समाजसेवी एवं व्यवसायी अनिल नगरकोटी, साहित्यकार राधादेवी भण्डारी, स्वास्थ्य व्यबसायी गोपाल खड्का तथा समाजसेवी ममता खत्री रहेका थिए भने अन्य अवार्ड प्राप्त गर्न सफल व्यक्तित्वहरुमा लोक पप गायन विधामा वरिष्ठ गायक सिताराम पोखरेल , गीतकारबाट आधुनिक तर्फ सीताराम कोईराला र आधुनिक महिला गीतकार बाट रिमा श्रेष्ठ, तामाङ सेलो (डेव्यु) जसपाल पाख्रिन तामाङ, संगीत तर्फ संगीतकार रविन्द्र पौड्याल, म्यूजिक भिडियो निर्देशनबाट सोनाम पाख्रिन, लोक पप विधाको मोडलबाट प्रकाश श्रेष्ठ तथा उत्कृष्ट स्वास्थ्य व्यवसायीको रुपमा अनिल कुमार शर्मा रहेका थिए ।

सम्मानित एवं अवार्ड विजेताहरुलाई प्रमुख अतिथी राजदुत लम्साल,आयोजक समितिका अध्यक्ष रामकृष्ण श्रेष्ठ तथा संचारकर्मी राज लुईटेल लगायत दुतावासका अन्य पदाधिकारीहरुले अवार्ड तथा सम्मान प्रदान गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथी राजदुत लम्सालले नेपालकै पुुरानो मध्य एक नेपाली दुतावास रहेको ईजिप्टमा यस समारोहका कारण नेपाली कला,संस्कृति र ईतिहासको प्रवद्र्धन गराउन सफल हुनुभएकोमा आयोजकलाई वधाई दिदै नेपालमा ख्याती कमाएका व्यक्तित्वहरुलाई सम्मान प्रदान गर्न पाउदा आफु निकै खुशी भएको कुरा व्यक्त गरेका थिए ।

कार्यक्रमको संचालन संचारकर्मी सोनीत राज ढुंगेल गरेका थिए भने कार्यक्रम व्यबस्थापन मोडल सुनिता श्रेष्ठले गरेकी थिईन । कार्यक्रममा सहयोग पुरयाउने व्यक्तित्वहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly