मनास्लु बचत तथा ऋण सहकारी संस्थाका सेयर सदस्यले भोमी अस्पतालमा उपचार गर्दा विशेष छुट पाउने भएका छन् । शनिबार भोमी अस्पतालको पहिलो बार्षिक उत्सवको अवसर पारेर भोमी अस्पताल र मनास्लु साकोसबीच स्वास्थ्य सेवामा छुट सहितको सम्झौता भएको हो । मनास्लु साकोसका सदस्यहरुलाई ल्याव र फार्मेसी सेवामा १० प्रतिशत छुट, अन्तरङग तथा बहिरङग सेवामा २० प्रतिशत छुटको सहमती भएको मनास्लु साकोसका अध्यक्ष अजय हुमागाईले जानकारी दिए । यस्तै जेष्ठ नागरिक सदस्य र बाल बचतकर्ताहरुमा अन्तरङग सेवामा २० प्रतिशत छुट दिइने समेत सम्झौता पत्रमा उल्लेख छ ।

भोमी अस्पतालको पहिलो वार्षिक उत्सवः जनप्रतिनिधिलाई सम्मान, गुणस्तरीय सेवामा सबैको प्रतिवद्धता
बनेपामा रहेको भोमी अस्पतालले पहिलो वार्षिक उत्सव विविध कार्यक्रम सहित मनाएको छ । वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा बनेपा नगरपालिकाका निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरिएको छ भने मनास्लु बचत तथा ऋण सहकारी संस्थासँग स्वास्थ्य सेवामा छुट दिने सहितको सम्झौता भएको छ । कार्यक्रममा संविधानसभा सदस्य तथा पुर्व राज्यमन्त्री कञ्चनचन्द्र बादेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्य, उप–प्रमुख बिमला सापकोटा दाहाल, अस्पतालका कार्यकारी निर्देशक सगुन कायस्थ, जिल्ला प्रहरी प्रमुख चक्रराज जोशी लगायत नगरमा निर्वाचित जनप्रतिनिधिको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै पुर्वराज्यमन्त्री बादेले कोरोना महामारीको बेला अस्पतालले खेलेको भुमिकाको प्रसंसा गर्दै आगामी दिनमा पनि गुणस्तरीय तथा सर्वसुलभ सेवा प्रवाह गर्न अस्पताल सफल हुने विश्वास व्यक्त गरेका छन् । यस्तै बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले अस्पतालले प्रवाह गरिरहेको स्वास्थ्य सेवालाई थप विस्तार गर्न नगरपालिकाको तर्फबाट सहयोग गर्ने आश्वासन दिएका छन् । उनले आफुहरु सफा र सुन्दर बनेपा बनाउने अभियानमा लागिरहेकाले साथ दिन आग्रह समेत गरे । अस्पतालले उत्पादन गरेको फोहोर आफै व्यवस्थापन गर्ने बन्दोबस्त मिलाउन उनको आग्रह छ । उप–प्रमुख विमला सापकोटा दाहालले भोमी अस्पताललाई नागरपालिकाको सम्पतिको रुपमा विकास गर्न सघाउने बताइन् । आगामी दिनमा सेवा प्रवाहसँगै जनचेतना फैलाउने कार्यमा समेत थप कदम चाल्न उनको आग्रह छ । कार्यक्रममा बनेपा नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष चन्द्र बहादुर खड्काले नागरिकलाई सहुलियतमा गुणस्तरीय सेवा प्रवाह गर्नुपर्नेमा जोड दिएका छन् । अस्पतालका प्रबन्ध निर्देशक सगुन कायस्थले छोटो समयमै अस्पतालले गुणस्तरीय र प्रभावकारी सेवा प्रवाह गरेर जिल्लावासीको मन जित्न सफल भएको बताए । उनले आगामी दिनमा पनि सर्वसुलभ, गुणस्तरीय र भरपर्दो सेवा प्रवाह गर्ने प्रतिवद्धता जनाएका छन् ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly