
काभ्रे । धुलिखेल नगरपालिकाको १८ औं नगरसभाको अधिवेशन आ.व. २०८२-८३ को विधेयक अधिवेशन सम्पन्न भएको छ । आज धुलिखेल नगरपालिको हलमा भएको नगरसभाको अधिवेशनले वडागत विभिन्न योजनाका बजेट रकमान्तर प्रस्ताव सर्वसम्मत पारित गदै अधिवेशन सम्पन्न भएको छ ।

धुलिखेल नगरपालिका नगर सभाको अठारौं अधिवेशनमा गत भ्राद्रमा भएको जेन-जी आन्दोलन अन्य प्रभाबले गर्दा राजस्व संकलनमा भएको गिरावट तथा वडा बाट आएको संशोधन बमोजिम संशोधन गरी विभिन्न प्रतिवेदन स्वीकृत समेत गरेको छ ।

सभामा आब २०८२-८३ को बजेट तथा कार्यक्रम संसोधनका लागी उप प्रमुख निराजन जंगलले प्रस्तुत् गरेका थिए भने कार्यपालिका सदस्य एवं वडा अध्क्क्षले भू–उपयोग सम्बन्धि प्रतिबेदन ,कार्यपालिका बैठकको निर्णय लगायत पेश गरेका थिए । सभामा नगर प्रमुख अशोक ब्यान्जुले सभामा निर्णयआर्थ प्रस्तुत गरेकामा सबै सदस्यले तालिबजाउदै पारित गर्दै सभा समापन गरिएको थियो।


वडा बाट आएको २०८२-८३ को बजेट तथा कार्यक्रम संसोधनमा २६ वटा योजनाको ८६ लाख बराबरको संशोधन प्रस्ताब सभाका सचिब एवं प्रमुख प्रशासकीय अधिकृत मोहन प्रा मरासिनीले प्रस्तुत गरेका थिए ।


