
काभ्रेपलाञ्चोक — काभ्रेपलाञ्चोक जिल्लाको नाला उद्गमस्थल भएका दाहालहरूको साझा संस्था दाहाल बन्धु अध्ययन प्रतिष्ठान, बनेपा नगरपालिका–३, नालाको बाह्रौं वार्षिक साधारण सभा तथा पाँचौं अधिवेशन सम्पन्न भएको छ।

संस्थाको विधान बमोजिम सम्पन्न अधिवेशनले नयाँ ३१ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। नवनिर्वाचित पदाधिकारीहरूको पदभार ग्रहण कार्यक्रम भक्तपुरस्थित चुङ्गा गणेश पिकनिक स्पोर्टमा भव्य रूपमा सम्पन्न भएको प्रतिष्ठानले जनाएको छ।

नवनिर्वाचित पदाधिकारीहरू


अध्यक्षमा डिल्लीप्रसाद दाहाल निर्वाचित भएका छन्। त्यसैगरी
• वरिष्ठ उपाध्यक्ष: साधुराम दाहाल
• उपाध्यक्षहरू: इवनारायण दाहाल, हरिकृष्ण दाहाल
• महिला उपाध्यक्ष: सुधा दाहाल
• महासचिव: रामहरि दाहाल
• सचिव: शिवप्रसाद दाहाल
• सह–सचिव: हरिशरण दाहाल
• कोषाध्यक्ष: कृष्णप्रसाद दाहाल
• सह–कोषाध्यक्ष: रामप्रसाद दाहाल
साथै अन्य २१ जना केन्द्रीय सदस्यहरू समेत निर्वाचित भई शपथग्रहणसहित जिम्मेवारी प्रदान गरिएको छ।
विशेष सम्मान
कार्यक्रमका अवसरमा संस्थाका निवर्तमान अध्यक्ष श्रद्धेय यज्ञप्रसाद दाहाललाई दाहाल समुदायको समग्र उत्थान र कुलकल्याणका लागि पुर्याउनुभएको दीर्घकालीन योगदानको कदरस्वरूप “भृगु–तारा” उपाधिबाट विभूषित गरिएको छ। साथै उहाँ संस्थामा निरन्तर संरक्षक तथा अभिभावकीय भूमिकामा रहने अवधारणा पनि साधारण सभाबाट पारित गरिएको जनाइएको छ।
प्रतिष्ठानका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष साधुराम दाहालका अनुसार, अधिवेशनले आगामी कार्यकालका लागि संगठन सुदृढीकरण, वंशावली अध्ययन, सामाजिक एकता र शैक्षिक गतिविधिलाई प्राथमिकतामा राख्ने निर्णय समेत गरेको छ।
साधारण सभा उत्साहजनक सहभागिताबीच सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ।



