तिज जोडी फोटो प्रतियोगिता २०८२ को पुरस्कार वितरण सम्पन्न

 

बनेपा । नेपाली कांग्रेस काभ्रे सांस्कृतिक शाखाको आयोजनामा तिज जोडी फोटो प्रतियोगिता २०८२ को पुरस्कार वितरण कार्यक्रम आइतबार हिमालय दृश्य रिसोर्टमा सम्पन्न भएको छ ।

बिज्ञापन

नेपाली कांग्रेस सांस्कृतिक शाखा प्रमुख रामकृष्ण पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिव प्रसाद हुमागाईं रहेका थिए । विशेष अतिथिमा नेपाली कांग्रेस काभ्रेका उप–सभापति रमेश प्रसाद हुमागाईं, सहसचिव रबिन्द्र नाथ सिग्देल, समीर ब्यान्जु श्रेष्ठ धुलिखेल नगर सभापति बिदुर बहादुर बस्नेत, शिक्षक संघ काभ्रेको अध्यक्ष सम्भु प्रसाद घिमिरे लगायतको उपस्थिति थियो ।

प्रतियोगितामा सम्भु प्रसाद घिमिरे र कोपिल घिमिरे प्रथम, दिनेश ठकुरी र सुबिना ठकुरी दोस्रो तथा रुपेश ठकुरी र सरिता ठकुरी तेस्रो भएका थिए ।

प्रथम हुने जोडीलाई १५ हजार नगद, सम्मानपत्र, मह, घ्यू र दोसल्ला, दोस्रो हुने जोडीलाई १० हजार नगद, सम्मानपत्र, मह, घ्यू र दोसल्ला, तेस्रो हुने जोडीलाई ५ हजार नगद, सम्मानपत्र, मह, घ्यू र दोसल्ला, अन्य सहभागीलाई नगद पुरस्कार, घ्यू–मह र शुभकामना सिनेमा हलको टिकट प्रदान गरिएको थियो ।

प्रथम हुने सम्भु प्रसाद घिमिरे र कोपिल घिमिरेले आफुले पाएको पुरस्कार केही रकम गोबिन्द्र प्रसाद भण्डारीको जोडी लाई सम्मान स्वरुप दिइएको र बाकी रकम पनि सामाजिक कार्यमा लगाउने उहाँले घोषणा गर्नुभएको छ।

सभापति पोखरेलले तिज पर्वले नेपाली समाजमा आपसी सद्भाव, प्रेम र संस्कृतिको संरक्षण गर्ने कार्यलाई प्रवर्द्धन गरेको उल्लेख गर्दै यस्ता कार्यक्रमले संस्कृतिको जगेर्नामा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

प्रमुख अतिथि हुमागाईंले तिज चाड केवल मनोरञ्जन मात्र नभई समानता र सामाजिक सन्देश दिने चाड भएको भन्दै सांस्कृतिक मूल्य–मान्यता जोगाउन सबै एकजुट हुनुपर्नेमा जोड दिए ।

उपस्थित विशिष्ट अतिथीहरूले नयाँ प्रकारको कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिँदै आयोजकलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा धुलिखेल नगरपालिका  वडा नं. ४ का अध्यक्ष उत्तम प्रसाद तिमल्सिना, महिला नेतृ मञ्जु आचार्य घिमिरे, सामाजिक व्यक्तित्व हरि थापा लगायतको उपस्थिती थियो ।

लोकप्रिय गायक दिनेश श्रेष्ठ र गायिका साबित्री राना मगरले विशेष सांगीतिक प्रस्तुति दिएका थिए भने कार्यक्रमको सञ्चालन नेपाली कांग्रेस सांस्कृतिक शाखाका सचिव धनपति दाहालले गरेका थिए ।

नेपाली कांग्रेस काभ्रे सांस्कृतिक शाखाले २५ जोडीलाई ब्यान्डबाजा बजाएर प्रतीकात्मक विवाह पुनः गराएको दृश्य प्रस्तुत गरेको थियो ।