काभ्रेको धुलिखेलमा रहेको मानव सेवा आश्रम सेवा घरलाई सयपत्री प्रतिष्ठान नेपालले सहयोग प्रदान गरेको छ ।

प्रतिष्ठानका संस्थापक अध्यक्ष स्व: कृष्णकुमार के सीको सातौं स्मृती सभा कार्यक्रम गरी सेवा घरलाई नगद, जिन्सी तथा खाध्यान्न सहयोग गरेको हो ।

सडकपेटी तथा सार्वजानिक स्थानहरूमा कष्टकर जीवनयापन गर्न विवश असक्त, अपाङ्ग र मनोरोगी बेबारिसे व्यक्तिहरूको सेवा गर्ने उद्देश्यले संचालित मानव कल्याण समाजलाई सयपत्री प्रतिष्ठानले १६ हजार २ सय ३८ रूपैयाँको जिन्सी सामान, २८ हजार ८ सय रूपैयाँ को खाध्यान्न र ३४ हजार ५ सय ७५ रूपैयाँ नगद गरी ७९ हजार ६ सय ३ रूपैयाँ सहयोग प्रदान गरेको प्रतिष्ठानका अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिनु भयो ।

प्रतिष्ठानका अध्यक्ष राजेन्द्र श्रेष्ठको सभापतित्वमा तथा वरिष्ट साहित्यकार तथा जनमत वाङ्मय प्रतिष्ठानका अध्यक्ष मोहन दुवालको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा प्रतिष्ठानका सल्लाहकार त्रिरत्न रंजित, बनेपा नगरपालिका वडा नं १३ का पूर्व वडा अध्यक्ष सूर्य नारायण नापित, मानव कल्याण सेवा समाजकी दिपिका मानकको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly