तपईकाे राेजाई मा रहेको ॐ समाज डेण्टल अस्पतालद्वारा चाहाबेल चोकमा मासिक निःशुल्क सिविर सम्पन्न

 

काठमाडौं । राजन थापा
ॐ समाज डेण्टल अस्पतालले नियमित रूपमा सञ्चालन गर्दै आएको मासिक निःशुल्क स्वास्थ्य सिविर आज काठमाडौंको चाहाबेल चोकमा भव्यरूपमा सम्पन्न भएको छ। सिविरमा ३५८ भन्दा बढी सर्वसाधारणले दन्त सेवा लिएका छन् भने १२२ जनाको दाँत सफा (स्केलिङ) गरिएको अस्पतालले जनाएको छ।
स्थानीय बासिन्दादेखि विभिन्न पेशाका व्यक्तिको उल्लेख्य उपस्थिति रहेको सिविरमा नेपाल प्रहरीको पनि सक्रिय सहभागिता रह्यो। कार्यक्रम लायन्स क्लब अफ काठमाडौं इन्द्र–अन्नपूर्ण योगा को आयोजनामा तथा तार्केश्वर क्लब ६० को सहआयोजनामा सम्पन्न गरिएको हो।
ॐ समाज डेण्टल अस्पताल, जसले “स्वास्थ्य—जीवनका लागि समर्पित” भन्ने मुल नाराका साथ सडकदेखि सदनसम्मका नागरिकको भरोसा जित्दै आएको छ, आजकाे सिविरमार्फत समुदायप्रतिको आफ्नो प्रतिबद्धता थप सुदृढ गरेको छ।
सन्देश र प्रतिक्रियाहरू
बरिष्ठ दन्त चिकित्सक डाक्टर सुवास घिमिरेले सन्देश दिँदै भन्नुभयो—
“रोग लागेपछि अस्पताल धाउनुभन्दा रोग नलाग्ने बानी बसाल्नु नै सबैभन्दा उचित हो।”
उपचारका लागि आएका एक ज्येष्ठ नागरिकले खुसी व्यक्त गर्दै भने—
“तपाईंहरूको नाम धेरै सुनेको थिएँ। आज प्रत्यक्ष भेट्न पाएँ, साँच्चै धेरै खुसी भएँ।”
सिविर व्यवस्थापक धन घिमिरेले सिविरको उद्देश्यबारे बताउँदै भने—
“हाम्रा सिविरहरू स्वास्थ्य सेवाबाट टाढा रहेका सर्वसाधारणका लागि केन्द्रित छन्। आवश्यक ठाउँमै पुगेर सेवा दिनु नै हाम्रो ध्येय हो।”
चाहाबेल शाखा प्रमुख सन्तोषी बस्नेतका अनुसार
“निःशुल्क सिविरमार्फत अस्पतालमा सेवा लिन आउनेको संख्या निरन्तर बढिरहेको छ। यसले समुदायमा हाम्रो विश्वास झनै मजबुत बनाएको छ।”
आजको सिविरमा डाक्टर ममता भुजेल, इन्द्र भट्टराई, मनु राना, सम्झना तामाङलगायत स्वास्थ्यकर्मीहरूको सक्रिय सहभागिता रहेको थियो।
डाक्टर सुवास घिमिरे — दन्त स्वास्थ्य सेवा क्षेत्रमा अनुभवी विशेषज्ञ
डाक्टर सुवास घिमिरे दन्त स्वास्थ्य क्षेत्रका अनुभवी, दक्ष र समुदाय–मुखी चिकित्सकका रूपमा परिचित छन्। सामान्य दन्त उपचारदेखि जटिल केस समाधानमा उनी उच्च दक्षता राख्छन्।
“रोग लागेपछि होइन, रोग नलाग्ने बानी बसालौँ” भन्ने उनको सन्देश समुदायमा प्रभावकारी मानिन्छ।
अस्पतालको गुणस्तरीय सेवा, निःशुल्क सिविर तथा जनचेतना अभियान विस्तारमा उनको भूमिका उल्लेखनीय रहेको छ।
ॐ समाज डेण्टल अस्पताल — ‘सडकदेखि सदनसम्म’ सबैको रोजाइ
ॐ समाज डेण्टल अस्पताल गुणस्तरीय, सुलभ र सहज दन्त सेवा प्रदान गर्ने विश्वसनीय स्वास्थ्य संस्था हो।
“स्वास्थ्य—जीवनका लागि समर्पित” भन्ने मूल मन्त्रसहित सञ्चालनमा आएको यस अस्पतालले प्रत्येक महिना नियमित रूपमा तलका स्थानहरूमा निःशुल्क सिविर सञ्चालन गर्छः
पहिलो हप्ता — नैकाप
दोस्रो हप्ता — सातदोबाटो
तेस्रो हप्ता — चाहाबेल
चौथो हप्ता — बनस्थली
यसका साथै अस्पतालले बर्दिबास लगायत शाखाहरूबाट दैनिक दन्त सेवा प्रदान गर्दै आएको छ।
नियमित निःशुल्क स्वास्थ्य सिविर, जनचेतनामूलक कार्यक्रम तथा समुदायमै पुगेर सेवा उपलब्ध गराउनु ॐ समाज डेण्टल अस्पतालको प्रमुख पहिचान हो। छोटो समयमा नै सर्वसाधारणदेखि जनप्रतिनिधिसम्मको विश्वास जित्दै यो अस्पताल समुदायमै स्थापित नाम बनेको छ।

बिज्ञापन