काभ्रेपलान्चोक – यातायात व्यवस्था विभागले अत्यावश्यक अवस्थामा प्रिन्ट भएको स्मार्ट लाइसेन्स चाहिए ७ दिन अगावै आवेदन दिन अनुरोध गरेको छ ।

विदेश जाने, शान्ति सेनामा जाने सेना तथा प्रहरीहरु र अति जरुरी स्मार्ट कार्ड प्रिन्ट चाहिनेहरुले आवेदन दिएको ७ दिनपछि मात्रै स्मार्ट लाइसेन्स पाउने विभागले जनाएको छ ।‘सवारी चालक अनुमतिपत्र चाँडो प्रिन्ट गरी प्राप्त गर्नका लागि दिएको निवेदन मितिबाट ७ ९सात० दिन पछि मात्र प्रिन्ट प्राप्त गर्न सकिने भएकोले सोही व्यहोरा अवगत गर्नु भई निवेदन दिनु हुन सम्पूर्ण सेवाग्राहीहरुलाई जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ विभागले आफ्नो सूचनामा भनेको छ ।

अति जरुरी अवस्थामा सेवाग्राहीलाई आजको भोलि नै लाइसेन्स चाहिने हुन्छ । तर, विभागमा अत्यावश्यकको नाममा विगतदेखि नै आर्थिक चलखेल गरेर लाइसेन्स छिटो छपाएर दिलाउने गरिएकाले यस्तो सूचनालाई सेवाग्राहीले शंकास्पद रुपमा हेरेका छन् ।गत पुस १३ गतेदेखि सरकारले रोकिएको सवारी चालक अनुमतिपत्र ९स्मार्ट लाइसेन्स० छपाइ फेरि थालेको थियो ।

लाइसेन्स छाप्ने कार्ड नभएपछि सरकारले अत्यावश्यकबाहेकका सेवाग्राहीको लाइसेन्स छपाइ र वितरण २०७७ फागुनदेखि रोकेको थियो ।अब माघ मसान्तसम्म छाप्न बाँकी ४ लाख ५० हजार लाइसेन्सको छपाइ सकिने विभागको दावी छ । विभागले एक वर्षको लागि परीक्षणकालीन भन्दै ट्रायल पास भएकाहरुलाई ‘कागजी’ लाइसेन्स दिन थालिसकेको छ ।

तपाईको प्रतिक्रिया

तपाईंको सानो सहयोगले कसैको जीवन बाच्न सक्छ त्यसै सकेको सहयोग गर्दिनुहोस …. #सहयोगको #अपिल #sahayog #Bhojpur #sangita #Karki #kavrepalanchok #report #interview सक्नु हुन्छ भने सहयोग गर्दिनुहोस यदि सक्नु हुन्न भने धेरै भन्दा धेरै भिडियो लाई सियेर गरेर सहयोग गर्दिनुहोस । भोजपुर जिल्लाको संगिता कार्की घाँस काट्ने क्रममा रुख बाट लढेर उपचारको लागि काभ्रे जिल्लाको बनेपा स्पाइनल इन्जुरी अस्पताल भैसेपाटीमा हुनुहुन्छ । उहाँको आर्थिक अवस्था निकै कमजोर भएको हुनाले सबैले सकेको सहयोग गरिदिनु होला ।