
काभ्रे । काभ्रेको धुलिखेलमा जारी धुलिखेल महोत्सव २०८२ मा आज चर्चित ख्याती प्राप्त गायिका जितु लोप्चनको प्रस्तुति रहने भएको छ । उनको तामाङ सेलो मैच्याङ टुकुल टुकुल, च्यान्ना फुर्ति, नगरन रिस, भुल्न सक्दिन, नक्कली छामे, युरोपको लाहुरे लगायतका गीतहरु चर्चित छन् ।


धुलिखेलको रंगशालाको परिसरमा जारी कृषि, सांस्कृतिक, पर्यटन तथा व्यापार प्रवद्र्धनको धुलिखेल महोत्सबमा जितु लोप्चन संगै सुर्यमणी आचार्य, राजन चौलागाईं (खैराते), प्रताप हुमागाई (झुले) लगाएतको दमदार प्रस्तुति रहने छ ।
बिज्ञापन


महोत्सब मंसिर ३ गतेसम्म चल्ने छ । उक्त महोत्सब आकाश भैरव क्लब धुलिखेलको आयोजनामा र धुलिखेल नगरपालिकाको संरक्षकत्व र लालीगुराँस क्रियसन मिडिया नेपालले ब्यबस्थापक गरेको हो ।



