नगरपालिकाले एक सूचना जारी गर्दै नगरभित्रका विद्यालयको पठनपाठन स्थगित गर्न निर्देशन दिएको छ ।

कोरोना भाईरसको संक्रमण फेरी बढ्दै गएकाले पठनपाठन स्थगित गर्नु परेको प्रमुख प्रशासकीय अधिकृत प्रणराज न्यौपानेले बताए । उनका अनुसार नगरपालिकाभित्रका विद्यालयमा साउन ३ गतेदेखि नयाँ शैक्षिक सत्रको पठनपाठन भौतिक रूपमै सुरू गरेको थियो ।

विद्यार्थीको संख्या र विद्यालयको भौतिक संरचना अनुसार सिफ्ट गरेर पढाइ हुँदै आएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले कक्षा ११ र १२ को वार्षिक परीक्षा मिति समेत निर्धारण भैसकेकाले उक्त परीक्षा पनि जनस्वास्थ्यका सबै मापदण्ड पालना गरेर सञ्चालन गर्न विद्यालयहरूलाई निर्देशन दिएको छ ! बेथानचोक खबर बाट

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..