रोशी । काभ्रे जिल्लाको रोशी गाउँपालिकाको सुशासन, बिकास र कार्यसम्पादन अध्यायन अवलोकनका लागि काभ्रे बहुमुखी क्याम्पस बनेपाका बिद्यार्थी रोशी पुगेका छन् । मंगलबार कार्यसम्पादनमा काभ्रेमै पहिलो भएको रोशीको कार्यसम्पादन अध्यायन अवलोकनका लागि विद्यार्थी त्यहाँ पुगेका हुन् ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मूल्यांकनमा काभ्रेका स्थानीय तहहरूमध्ये ७२ दशलव ३९ अंंक प्राप्त गरी रोशी गाउँपालिका जिल्लामा पहिलो भएको थियो । क्याम्पसका सह-प्राध्यापक इश्वरी ओझाको नेतृत्वमा विद्यार्थीहरू रोशी पुगेका हुन् । गाउँपालिका पुगेर विद्यार्थीहरूले जनप्रतिनिधि र कर्मचारीहरूसँग अन्र्तक्रिया गरेका थिए । अन्र्तक्रियामा रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले सुशासनमा रही कार्यसम्पादन गरीरहेको बताए । सुशासनलाई पालना गर्दै रोशीको बिकासमा लागिपरेको लामाको भनाई छ ।
गाउँपालिकाको विकास र नागरिकलाई सेवा दिनको लागि मध्यमकालिन खर्च संरचना तयार पारेरै कार्यसम्पादन गरीरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम बहादुर तामाङले बताए । जनप्रतिनिधिले योजना बनाउने र कर्मचारीले योजना कार्यान्वयन गर्दै अगाडी बढेको उनले बताए ।
काभ्रे बहुमुखी क्याम्पसका सह-प्राध्यापक इश्वरी ओझाले कार्यसम्पादनमा रोशी गाउँपालिका जिल्लाकै पहिलो भएको विद्यार्थीहरूले सञ्चारमाध्यमबाट थाहा पाएपछि त्यहाको सुशासन र विकास हेर्न जाने चाहना राखेबामोजिम अवलोकन भ्रमणको आयोजना भएको बताए । यो अध्यायन अवलोकन भ्रमणले विद्यार्थीमा केही न केही सिकाई उपलब्धी हुने उनको भनाई छ ।
विद्यार्थीहरूले गाउँपालिकाको सेवासम्बन्धी स्थानीयहरू बुझेका थिए । स्थानीयहरूसँग गाउँपालिकाको सेवा सम्बन्धी बुझ्दा चित्तबुझ्दो सेवा पाएको भन्ने जवाफ आएको एक विद्यार्थीले बताए ।
सो कार्यक्रममा रोशीको सुशासन, बिकास र कार्यसम्पादन सम्बन्धी विद्यार्थीहरूले जिज्ञासा राखेका थिए भने प्रमुख प्रशासकीय अधिकृत लामाले उत्तर दिएका थिए ।
अध्यायन अवलोकन भ्रमणमा उपप्राध्यापकहरू कृष्णप्यारी नकर्मी, सुनिता पौडेल, प्रतिभा श्रेष्ठ र प्रकाश रिमाल सहभागी रहेका थिए । मानविकी तथा समाजशास्त्र शंकाय अन्र्तगत स्नातक तह दोस्रो र तेस्रो बर्षमा अध्यायनरत पत्रकारिता तथा आम सञ्चार, राजनीतिक शास्त्र, समाजशास्त्र, ग्रामिण विकास र सामाजिक कार्य बिषयका विद्यार्थीहरू रहेका थिए ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..