 

.


काठमाडौं -बारामा डेडिकेटेड फिडर र ट्रंक लाइन मार्फत विद्युत् उपभोग गरेका ३ ठुला उद्योगले महसुल भुक्तान गर्दा जगदम्बा स्टिलले भने आनाकानी गरेको छ। सो उद्योगका मजदुरहरू आफ्नो रोजीरोटी खोज्न उद्योगले जानाजान विद्युत् महसुल विवादलाई बल्झाएको आरोप लगाउँछन्।


डेडिकेटेड र टंकलाइन विद्युत् सुविधा उपभोग गरेका हुलास स्टिल इण्डष्ट्रिज, अशोक स्टिल, हामा आइरनले असोज ३० गते नै विद्युत् महसुलको किस्ता बुझाउन सुरु गरेका हुन् भने जगदम्बा स्टिलले बक्यौता रकम बुझाउन आलटाल गर्दै आएको छ।बक्यौता नबुझाएपछि नेपाल विद्युत् प्राधिकरण सिमरा वितरण केन्द्रले कात्तिक ४ गते जगदम्बा स्टिलको ६६ हजार केभी विद्युत् प्रसारण लाइन काटेको हो। अहिलेसम्म सो उद्योगले बक्यौता रकम भुक्तान गर्न कुनै चासो नदेखाएको र सम्पर्कमा समेत नआएको विद्युत् प्राधिकरण सिमरा वितरण केन्द्रले जनाएको छ।


 
                
 
                 
           
           
           
           
           
           
           
           
           
           
           
           
           
           
           
           
          