मिस गुरुङ इन्टरनेशनलको पाँचौ संस्करणको तयारी पुरा भएको छ । गुरुङ समुदायको कला, भाषा ,भेष भुषा तथा संस्कृतिको जर्गेनाकालागि आयोजना हुदै आएको मिस गुरुङ इन्टरनेशनलको तयारी पुरा भएको आयोजक मृगतृष्णा फेसन हाउसले जनाएको छ । आगामी भदौ २१ गते गोरखा , २२ गते पोखरा , २३ गते चितवन र भदौको ३० गते काठमाडौंमा अडिसन हुदैछ । इटहरी तथा भारतको सिक्किममा अडिसन कार्यक्रम भइरहेको छ ।

उल्लेखित शहरहरुबाट छानिएर आएका प्रतियोगिहरुलाई काठमाडौंमा ब्यक्तित्व बिकास, भाषा–संस्कृति, जीवन बिज्ञान लगायतका बिभिन्न बिषयहरुमा सम्बन्धित क्षेत्रका बिशेषज्ञहरुबाट २१ दिने तालिम तथा ज्ञान प्रदान गरिएसँगै उनीहरुलाई बिभिन्न सामाजिक कार्यहरुमा समेत संलग्न गरान अध्यक्ष तृष्णा गुरुङले जानकारी दिनुभयो । मिस गुरुङ्ग इन्टरनेसनल पाचौँ सस्करणमा सहभागी प्रतियोगिहरुलाई बर्षभरी नै बिभिन्न सामाजिक, सांस्कृतिक कार्यक्रमहरुमा सहभागी गराउनुका साथै फेसन शो, म्युजिक भिडियो लगायतका आय–आर्जन मुलक ब्यवसायिक गतीबिधीहरुमा समेत क्षमता अनुसारको अवसर प्रदान गरिनुका साथै उपाधि बिजेतालाई नगद पुरस्कार सहित अष्ट्रेलियामा हुने हेरिटेज फेसन शोमा को रूपमा सहभागी हुने अवसर पाउनेछन् ।

मिस गुरुङ्ग इन्टरनेसनल उपाधि बिजेताले नगद पुरष्कार पाँच लाख , मिस पपुलर अवार्ड बिजेताले तीन लाख तथा फस्ट रनरअपले दुइ लाख सेकेन्ड रनरअपले एक लाख र मिस ट्यालेन्ट उपाधि बिजेताले नगद पच्चीसहजार सहित विभिन्न पुरष्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा अनलाइन भोटिङ्ग पाट्र्नरको रुपमा ओएस आर कनेक्ट रहेको छ भने प्रतियोगिता ब्यवस्थापनको जिम्मा बि एण्ड बि इभेन्ट मानियाले लिएको छ ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..