काभ्रेपलान्चोक – कोभिड – १९ को महामारीले व्यक्तिगत तथा संस्थागत निष्ठाको महत्वलाई अझै उजागर गरिदिएको छ । महामारीले निम्त्याएको जटिलताका बावजुत, हरेक वर्ष जस्तै, यस वर्ष पनि अकाउन्टविलिटी ल्याब नेपालले भर्चुअल माध्यमबाट इन्टेग्रिटी आईकन २०२१ सार्वजनिक गरेको छ ।

इन्टेग्िरटी आईकन, सार्वजनिक सेवामा रहेर जुनसुकै परिस्थितिमा पनि निष्ठापूर्वक जिम्मेवारी बहन गरी उदाहरण प्रस्तुत गर्ने कर्मचारीलाई प्रोत्साहन गर्ने र निष्ठापूर्ण समुदाय निर्माण गर्न थलिएको खुला अभियान हो । ८ वर्ष अगाडी नेपालबाट सुरु भएको अभियान हाल विश्वका अन्य १४ मुलुकमा पुगिसकेको छ ।
यस वर्षका इन्टेग्रीटी आईकनहरूलाई देशभरीबाट प्राप्त भएका ३३५ मनोनयन बाट निर्णयक समितिले छनौट गरेका थिए ।

निर्णायक समितिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सुर्यनाथ उपाध्याय, प्रशासनविद् काशि राज दाहाल, पूर्र्व सचिव जीवनप्रभा लामा, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका पूर्व कार्यकारी निर्देशक पुण्य प्रसाद न्यौपाने र प्राध्यापक तथा आइआइडिएस सेन्टर फर गभर्नेन्सका निर्देशक डा. सुचेता प्याकुरेल रहनुभएको थियो ।

इन्टेिग्रटी आइकन २०२१ का लागि छनौट भएका व्यक्तित्वको संक्षिप्त विवरण यस प्रकार रहेको छ ; 
१. शिला शर्मा, नर्सिङ अधिकृत (कोभिड फोकल पर्सन), भेरी अस्पताल, नेपालगञ्ज, बाँके ;  कोरोना महामारी शुरु हुँदा नेपाल सरकारले आफ्नै निर्देशिका बनाईसकेको थिएन । शर्माले विश्व स्वास्थ्य संगठनको निर्देशिका हेर्दै नमुना निर्देशिका तयार गरेर लागु गरिन । नर्सहरूलाई तालिमको व्यवस्था गरिन । भेरी अस्पतालमा एउटा हल मात्र कोभिडका बिरामीको लागि छुट्याईएको थियो । उनले ४ ओटा हल र करिडोर पनि प्रयोगमा आउने गरी विस्तार गरेर कोभिड वार्ड बनाईन् । त्यसपछि कोभिडका बिरामी बेड नपाएर फर्केर जानु परेन । उपलब्ध अक्सिजनको समुचित उपयोग होस भनेर अफ ड्युटी नर्सहरू परिचालन गरेर अक्सिजन नपुगेको, चुहावट भएको र बढि प्रयोग भईरहेको बारेमा निगरानी गरिन् ।

२. मनमाया भट्टराई पंगेनी, प्रमुख जिल्ला अधिकारी, नवलपुर ; उनी जुनसुकै विम्मेवारीमा हुँदा पनि महिलाका मुद्दा प्राथमिकतामा परे । स्वास्थ्य सहायक हुँदा स्थानीय भाषा सिकेर महिलालाई स्वास्थ्य परीक्षणको लागि स्वास्थ्य केन्द्र सम्म आउने बनाईन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको महाशाखा प्रमुख हुँदा “मर्यादित महिनावारी” कार्यक्रमलाई आक्रामक रुपमा कार्यान्वयनमा ल्याईन् । अहिले १५०० जना विद्यार्थीलाई आफैले हिंसा, अपराधका बारेमा सचेतना फैलाउन र खुलेर आवाज उठाउन तालिम दिएर परिचालन गरेकिछिन् । त्योसँगै उनले “विकासमा सुरक्षा” नीति प्राथमिकता दिएपछि अहिले जिल्लामा विकास निर्माणका कार्यहरूले तिव्रता पाएको छ ।

३. चन्द्रकान्त चौधरी, कृषि अधिकृत, मकवानपुरगढी गाउँपालिका, मकवानपुर ; चौधरीले व्यवसायिक खेती, बजार र प्रविधीसँग किशानलाई अभ्यस्त बनाएर एक उदाहरणीय कृषि प्राविधिकको रुपमा आफुलाई प्रस्तुत गरेका छन् । उनले तालिम दिएका किशानले उत्पादन राम्रो गरे । बजारिकरणको लागि कृषि सहकारीलाई कार्यान्वयनमा ल्याए । किशानलाई कारोबार गर्न सजिलो होस भन्नका लागि किशान क्रेडिट कार्ड वितरण गरे, जसबाट किशानले २ लाख सम्मको कारोबार सजिलै गर्न सक्दछन् । फलस्वरुप ८ कट्ठामा खेती गर्ने किशान अहिले ८ बिगाहामा व्यवसायिक खेती गरिरहेका छन् ।

४. डा. सुमित्रा गौतम, मेडिकल सुपेरिटेन्डेण्ट, भक्तपुर अस्पताल, भक्तपुर ; केही वर्ष अगाडीसम्म धरासयी भक्तपुर अस्पताल डा. गौतमले नेतृत्व सम्हालेपछि प्रदेशकै उत्कृष्ट अस्पताल बनेको छ । सामान्य ड्रेसिङ सम्मको सुविधा मात्र उपलब्ध हुने सिन्धुली अस्पताल उनले नेतृत्व लिएपछि देशकै नमुना अस्पताल बन्यो । रिफरल अस्पतालको रुपमा चिनिएको सिरहा अस्पतालको रुप फेरियो । जसोतसो २०–३० जना सेवाग्राही आउने खजुरा स्वास्थ्य केन्द्रमा उनी गएपछि दैनिक ३०० जती बिरामी आउनथाले । त्यती मात्र नभएर अहिले पनि उनलाई पच्छ्याउँदै टाढाटाढाका जिल्लाबाट बिरामीहरू भक्तपुर अस्पताल आउने गरेका छन् ।

५. डा. लोक बहादुर लोप्चन, उप–सचिव, भाषा आयोग, काठमाण्डौ ;  मातृभाषा संरक्षणमा लागिपरेका डा. लोप्चन मातृभाषिलाई खोज्न मात्र पनि देशका कुनाकुना पुगेका छन् । आफ्नै व्यक्तिगत पहलमा भाषिक पहिचान सम्बन्धी नियमित प्रकाशनहरू सार्वजनिक गरिरहेकाछन् । भाषा आयोगमा आउनुपूर्व उनले जिल्ला शिक्षा अधिकारी भएर पनि काम गरे । ओखलढुंगामा त उनले हरेक विद्यालय, शिक्षक, विद्याथी र विषयका लागि लक्ष निर्धारण गरेर कार्यान्वयनमा ल्याए । जसको परिणामा केही विद्यालय प्रदेशमै अब्बल ठहरिए । खोलखामा सट्टा शिक्षक राख्ने शिक्षकलाई शुन्य सहनसिलताका आधारमा कारवाही गरे । पाँचथरमा मिलेमतोमा शिक्षक नियुक्ति गर्ने प्रणालीलाई हटाई परीक्षा समितिद्वारा शिक्षक नियुक्ति हुने प्रणाली स्थापित गरेका छन् ।

 

तपाईको प्रतिक्रिया

बनेपाको समृद्धि महिला सशक्तीकरण|बनेपा नगरपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको वृत्तचित्र