काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका वडा नम्बर ५ बाँसघारी, सुब्बागाउँमा रहेको मुक्तिनाथ मन्दिरमा श्रीमुक्तिनाथ भगवानको प्रथम ब्रह्मोत्सव तथा धार्मिक अनुष्ठान हुने भएको छ ।

चैत्र ३० गतेदेखि २०८० वैशाख २ गतेसम्म श्रीमुक्तिनाथ भगवानको प्रथम ब्रह्मोत्सव तथा धार्मिक अनुष्ठान हुनेछ । 

 

आयोजक मुक्तिनाथ मन्दिर संरक्षण समितिका अनुसार पूर्वाङ्ग– विष्वक्सेन आराधना, पुण्याहवाचन, अङ्कुरारोपण, ब्राह्मणवरण, अग्नि प्रतिष्ठा, ध्वजारोहण हुनेछ । 

बैशाख १ गते द्वारतोरणपुजनम्, चतुस्थानार्चन, नित्य होम, नित्य पूर्णाहुति हुनेछ भने बैशाखा २ गते श्रीदेवी, भूदेवी बल्लभ श्रीमुक्तिनाथभगवानको यात्रोत्सव (नगर परिक्रमा) नित्य पुजा, पूर्णाहुति मध्यान्ह १२ बेदेखि १०८ कलशद्वारा श्रीदेवी, भूदेवी बल्लभ श्रीमुक्तिनाथ भगवान महाभिषेकको, श्री पुष्पयागम, द्वादशाराधना, सप्तावरणम्, ध्वजारोहण, सम्भावना हुने छ । 

 

 

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..