काभ्रेपलान्चोक/ बेथानचोक गाउपालिकामा विगत असोज १०-१२ सम्मको अविरल वर्षाको कारण ले गएको बाढी पहिरोको कारणले धेरैको जनजीवन मा प्रभावित भएको थियो।

एकले थुकी सुकी सयले थुकी नदि भन्ने उदेश्य का साथ श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल श्रीकृष्ण प्रणामी युवा परिषद नेपालको ५ सिद्धान्त मध्य “जहाँ विपत त्यहा युवा परिषद” भन्ने मुल नाराका साथ श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल प्रारम्भिक समिति ढुंखर्कले काभ्रेपलान्चोक जिल्लाको बेथानचोक गाउपालिका को बिपत कोषमा ५१००० आर्थिक सहयोग गरेको छ। श्रीकृष्ण प्रणामि युवा परिषद नेपाल प्रारम्भिक समिति ढुंखर्कका अध्यक्ष सन्तोष बजगाई का अनुसार यश विपतको घडिमा पनि हामिलाई काठमाडौ जिल्ला अन्तर्गत रहेको गङ्गबु प्रा.स, सितापाईला प्रा.स, ढुङ्गेअडडा प्रा.स, मनमैजु प्रा.स का सुन्दरसाथबाट सहयोग भएको र बेथानचोक को पुननिर्माणको कार्यमा लाग्नु पर्ने बताए।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly