जनप्रतिनिधि भएर आइसकेपछी के के कामहरु भए के कति बिकास भयो अब को योजना के रहेको छ आदी बिषय लाई लिएर नव क्षितिज साप्ताहिकको लागी अरबिन्द्र गौतमले भुम्लु गाउँपालिका पूर्व अध्यक्ष गुमानध्वज कुँवरसँग गरेको बिशेष कुराकानी 

० स्थानीय तहको जनप्रतिनिधि भइसके पछि कसरी काम गर्दै आउनु भएको थियो ?
गाउँपालिका भित्रका प्रशासन अन्तर्गतका व्यवस्थापिका, न्यायपालिका र कार्यपालिकाका कार्यहरू व्यवस्थित, मर्यादित बनाउनुका साथै जनगुनासोहरूलाई प्राथमिकताको साथ हेर्ने गरेका थियौ । स्थानीय जनप्रतिनिधि चुनिएर आइसकेपछि आम जनसमुदायले देख्ने र महसुस गर्ने थुप्रै काम तथा परिवर्तनहरू भएका छन् । सडक नभएका स्थानमा सडक पु¥याइएको छ, सडक पुगेको स्थानमा सडकलाई पक्की र व्यवस्थित बनाइएको छ, घण्टौंसम्म बोकर पानी खानुपर्ने समस्या हटेर एक घर एक धारा अवधारणा ल्याइ घरघरमा खानेपानी पु¥याइएको छ, डोकामा बोकेर शहरका अस्पताल लानुपर्ने समस्या समाधानका लागि प्रत्येक वडामा स्वास्थ्य चौकी र एम्बुलेन्स सेवा उपलब्ध गरिएको छ । परम्परागत खेती किसानीमा गोरुको भरलाई हटाई ट्याक्टर अपनाइएको छ र ट्याक्टर कृषकलाई सहुलियतमा हस्तान्तरण गरिएको छ, जसको कारणले आधुनिक कृषि अपनाउन सहज भएको छ । योजना तथा ठेक्काको चुस्त दुरुस्त विवादरहित कार्य सम्पादनसमेत भुम्लु गाउँपालिकाले गर्दै आएको थियो ।

० जनप्रतिनिधि भएर आए पछि के कस्ता कार्य गर्नु भयो, के कस्ता कार्यहरु सम्पन्न भइसके र के कस्ता कार्यहरु सम्पन्न हुन बाँकी छन् ?
म गाँउपालिका अध्यक्ष भएर आएपछि यस गाउँपालिकामा अरनिको राजमार्ग तथा हालै निर्माणाधिन मध्य पहाडी लोकमार्ग सडक खुलाइएको छ । त्यसैगरी दोलालघाट–सल्ले–चौबासहुँदै चौरीदेउराली गाउँपालिका जोड्ने सडक, दोलालघाट–फँलाटे–कोलाँती–मुलवारी हुँदै चौरीदेउराली जोड्ने अर्को सडक, दोलालघाट–सापिङ–सिम्थली हुँदै सिन्धुपाल्चोक जोड्ने सडक निर्माणाधिन छ भने पालिका भित्र रहेका सबै वडाको टोलटोलमा बाटो पुगिसकेको छ । तिव्र रुपमा विकास भइरहेको भुम्ल गाउँपालिकामा ७.८६ कालोपत्रे, ०.९१ ढलान, १०.८ ग्रावेल र ४३.६५ प्रतिशत नयाँ ट्रयाक रहेका छन् । गाउँपालिकाको विशेष पहलमा पुरातत्व अन्तर्गत भीमसेनस्थानदेखि गणेश मन्दिरको क्षेत्र विशेष बनाउनका लागि ग्राफ अनुरुपको निर्माण कार्य पनि धमाधम भइरहेको देख्न सकिन्छ । भूकम्पले तहसनहस बनाएका विभिन्न मठमन्दिर, गुम्बा तथा सामुदायिक सम्पदाहरूलाई स्थानीय सरकारले पुरातत्व अन्तर्गका सबै सम्पदाको निर्माण, मर्मत सम्भार तथा संरक्षण गर्दै आएको छ ।

० शिक्षा, स्वास्थ्य तथा अन्य प्राविधिक चिजलाई कतिको प्राथमिकता दिएर काम गर्नु भएको थियो ?
विद्यार्थीलाई प्रविधिमैत्री र त्यसको प्रयोग गराउन गाउँपालिकाले शिक्षकहरूलाई समेत तालिम दिई अध्ययन अध्यापन, विषयवस्तु÷पाठ्यक्रम हेरफेर गर्ने जस्तो कुराको समेत विशेष अन्तरक्रिया कार्यक्रम राख्दै आएका थियौ । गाउँपालिकामा पठनपाठनको लागि ४४ वटा समुदायिक शिक्षण संस्था÷विद्यालय छन् भने दुई वटा निजी विद्यालयहरू छन् । सबै विद्यालय पक्की र व्यवस्थित बनिसकेका छन् । सुविधायुक्त शौचालय, धारा, प्रयोगशाला, खेल मैदान छन् भने कम्प्युटर ल्याव तथा इन्टरनेटको सुविधासमेत पुगेको छ । स्थानीय सरकार आइसकेपछि प्रकाश मा.वि.ले नयाँ जीवन पाएको छ । प्रकाश मा.वि.ले क्याम्पस स्तरीय अध्यापन गराउँदै आएको छ भने यो क्याम्पस पूर्ण रुपमा प्रविधिमैत्री तथा गुणस्तरीय शिक्षा प्रदान गर्ने भुम्लु गाउँपालिकाकै पहिलो र एक मात्र क्याम्पस स्तरको अध्यापन हुने शिक्षण संस्था हो ।

० कोभिड महामारीमा कसरी काम गर्नु भयो र के के गर्नुृ भयो ?
विश्व महामारीको रुपमा पैmलिएको कोरोना भाइरस (कोभिड–१९) को सुरुवातदेखि नै सक्रिय रुपमा काम गर्दै आएको गाउँपालिकाले संघीय सरकार, प्रदेश सरकार तथा स्वास्थ्य मन्त्रालयको मात्र भर नपरी गाउँपालिकाको नागरिकलाई कोभिड संकमणबाट बचाउन स्थानिय स्रोत र साधनको अत्यधिक परिचालन गरी १० स्वास्थ्य संस्था वडा कार्यालयहरुबाट सचेतनामूलक कार्य गर्नुका साथै स्वास्थ्य मापदण्ड अनुसार गा.पाको नागरिका तथा विद्यार्थीहरूको पढाईलाई ध्यान दिई अनलाइन शिक्षा सञ्चालन गर्नेदेखि १० वटै वडाका नागरिकहरुमा कोभिड विरुद्धको खोप लगाउनुको साथै आइसोलेशन निर्माण गर्ने लगायतका कार्य उल्लेखनीय रुपमा गरेका छौँ ।

० युवायुवतीहरुलाई विदेश वा सहरीकरण पलायन हुन नदिन के कस्ता तालिम तथा स्वरोजगार कार्यक्रम ल्याउनु भयो ?
युवालाई स्वदेशमै रोजगार भन्ने अवधारणा ल्याई पालिकाले विभिन्न सीप, तालिम, अनुदान तथा औजारहरू हस्तान्तरण गरिसकेको छ । विभिन्न पशुपालन, कृषि तथा नगदेबाली भुम्लु गाउँपालिकाको अर्को सम्भावना हो । व्यावसायिक रुपमासमेत कृषि खेतीहुँदै आएको भुम्लु गाउँपालिकामा गोलभेंडा, कुखुरा, बाख्रा लगायतको व्यवसायमा बढ्दो आकर्षण देख्न सकिन्छ । कृषि फम खोलेर बस्नेहरु लाई बिशेष अनुदान दिदै आएका छौ त्यसैगरी गाउँपालिका भित्रका मात्र नभएर बाहिरबाट गएर व्यावसायिक रुपमा खेती, पशुपंक्षी तथा जडीबुटी उत्पादन गर्दै आएका छन् भने चिस्यान घर समेतको प्रयोग हुन थालेको छ । भुम्लु गाउँपालिका र प्रदेश सरकारको अनुदानमा वडा नं. ५ स्थीत रहेको गोल्डेन फर्मले विभिन्न जडीबुटी, कफी, मौरी लगायतको बीउ बीजनसमेत विक्री वितरण गर्दै आएको छ । त्यसैगरी चिस्यान घर समेतको सेवा दिँदै आएको उक्त फर्मले कालीज, कुखुरालगायत उत्पादनसमेत गर्दै आएको छ ।

० काभ्रे जिल्ला कै सुन्दर नगरी र भौगोलीक विविधता रहेको भुम्लु गाउँपालिकामा पर्यटन सम्भावित अध्यन, कार्य योजना र अन्तरीक वा बाह्य पर्यटन भित्राउने लक्ष्यहरु के के छन् ?
प्राकृतिक स्रोत र साधनले भरिपूर्ण यस भुम्लु गाउँपालिकामा विभिन्न ऐतिहासिक तथा धार्मिक, सांस्कृतिक एवम् पुरातात्विक महत्वका स्थलहरू रहेका छन्, यस पालिकाको गहनाको रुपमा ऐतिहासिक स्थान मूलखर्क, भीमसेनस्थान र गणेश मन्दिर, पर्यटकीय नगरी दोलालघाट, कञ्चन र कलकल रुपमा अविरल बग्ने इन्द्रावती र सुनकोशी, गढीडाँडा, साँगावस्ती साथै पालिकाभित्र रहेका विभिन्न गुम्बा तथा मठमन्दिरहरू र उच्च क्षेत्रमा पर्ने थुम्का डाँडाहरूबाट जुगल, गणेश लगायतका उच्च हिमशृङ्खलाहरू देख्न सकिन्छ । त्यसैगरी दोलालघाटदेखि हजार सिंढी चढेर वनदेउ डाँडा पिकनिक स्पोर्टमा पुग्न सकिन्छ; जहाँ आन्तरिक तथा वाह्य पर्यटकका लागि पिकनिक, ट्रेकिङ तथा चलचित्र÷गीतको छायांकनसमेत गर्न मिल्नेगरी पार्क निर्माण गरेका छौँ । जुन ठाउँबाट चारैतिरको सुन्दर दृश्यहरू नियाल्न सकिन्छ ।

० लक्ष्य तथा योजनाहरु कतिको पुरा भयो र कतिका पुरा हुन बाँकि छन् ?
स्वास्थ्य, शिक्षा, खानेपानी, सिञ्चाइ, सडकलगायत विकासको पूर्वाधार निर्माण सम्बन्धी गतिविधि तथा धार्मिक, सांस्कृतिक, पर्यटक, व्यावसायिक सम्वृद्धि गर्नको लागि पूर्ण रुपमा सिङ्गो गाउँपालिका नै लागि परेको छ । योजना अनुरुप हामीले धेरै काम गरेका छौ । हामी बोल्ने भन्दा काम गरेर देखाउनेमा पर्छौ । लिएको लक्ष्य तथा योजना भन्दा धेरै काम पूरा गरिसकेका छौ । आम जनसमुदायहरूको मन जितिसकेका छौँ सिङ्गो पालिकालाई थप सम्भावित योजनाको अध्ययन गरी उज्यालो दिशातर्पm लैजाने तर्फ लाने काम गरेका छौ । –नव क्षितिज साप्ताहिकबाट