

भदौ २३ र २४ को जेनजी प्रदर्शनको क्रममा निर्वाचन आयोग क्षति हुनबाट जोगाउन सफल तत्कालीन सशस्त्र प्रहरी बल, नेपाल नं.२४ बाघभैरब गुल्म काठमाडाैँलाई आयोगले बुधबार सम्मान गरेको छ ।

आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त माननीय रामप्रसाद भण्डारीले मंसिर २४ गते तत्कालीन सशस्त्र प्रहरी बल, नेपाल नं.२४ बाघभैरब गुल्म तथा गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक सुरेश कोइरालालाई सम्मान गर्नु भई सशस्त्र प्रहरी बल, नेपालले आयोगको सुरक्षामा महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गरेकोमा धन्यवाद समेत दिएका छन् ।


भाद्र २४ गते काठमाडौँ महानगरपालिका–२७ कान्तिपथ स्थित निर्वाचन आयोगको कार्यालयमा तोडफोड र आगजनीको प्रयास भएपछि तत्कालीन गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक सुरेश कोइरालाको कमाण्डमा खटिएको टोलीले प्रदर्शनकारीहरूलाई अगाडी बढ्न नदिई मुख्य गेटको केही भित्र रोकी सम्झाई बुझाई गरेको थियो ।


