खानेपानी, सडक र कृषि ब्राण्डिङ मुख्य एजेण्डा, बेथानचोकमा एमालेको घरदैलो तीव्र

नेकपा एमालेले काभ्रे क्षेत्र नं. २ मा बेथानचोक गाउँपालिकाबाट चुनाव केन्द्रित घरदैलो अभियान सुरु गरेको छ । काभ्रे २ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार अशोक कुमार ब्याञ्जु श्रेष्ठ, समानुपातिक उम्मेदवार सुमित्रा भोछिभोया र भक्तकुमारी लामा, एमाले काभ्रे जिल्ला कमिटी सचिव राजकुमार सापकोटा, पालिका कमिटी अध्यक्ष बेदप्रसाद तिमल्सिना, पुर्व अध्यक्ष कमल तिमल्सिना, वडा कमिटी अधयक्षहरु लगायत विभिन्न जिम्मेवारीमा रहेका नेता कार्यकर्ता बेथानचोक गाउँपालिकाका गाउँवस्तीमा पुगेका छन् । बेथानचोक–४ चलाल गणेशस्थानबाट सुरु भएको मतदाता भेटघाट कार्यक्रम पालिकाका विभिन्न टोलमा २ दिनसम्म जारी रह्यो । उम्मेदवारसँगको भेटमा स्थानीयले ग्रामिण भेगका जोखिमपूर्ण सडक स्तरोन्तनती, बाढीपहिरोपछिको खानेपानी समस्या समाधान, सिँचाईको व्यवस्था, पर्यटन प्रवद्र्धन र बेथानचोकमा उत्पादित कृषि उपजको ब्राण्डिङका लागि आग्रह गरेका छन् । उम्मेदवार ब्याञ्जुले लामो समय स्थानीय सरकारको नेतृत्व गरेको अनुभवका आधारमा पनि स्थानीयस्तरको समस्यालाई नजिकबाट वुझेको भन्दै उनले समृद्ध बेथानचोक निर्माणमा प्रतिवद्ध रहेको बताए । बेथानचोकवासीको विश्वासको मतलाई आफुले उच्च सम्मान गर्ने उनले बताए । ब्याञ्जुले काम गर्ने अवसरका लागि आग्रह गरेका छन् । उम्मेदवारले स्थानीयलाई सहज हुने भाषामा अन्तरक्रिया गरेका थिए । विशेषगरी ब्राम्हण÷क्षेत्री, तामाङ र नेवार समुदायको बाहुल्यता रहेको क्षेत्रमा तीन भाषामा अन्तरक्रिया भएको थियो । समानुपातिक उम्मेदवार भक्तकुमारी लामाले तामाङ भाषामा एमालेको नीति, कार्यक्रम बारे जानकारी गराउँदै अबको प्राथमिकता मतदाता माझ तामाङ भाषामा राखेकी थिइन् भने व्याञ्जु र भोछिभोयाले नेपाल भाषामा पनि स्थानीयसँग सम्वाद गरेका थिए । बेथानचोकमा उल्लासपूर्ण रुपमा घरदैलो कार्यक्रम भइरहेको एमालेले जनाएको छ ।

बेथानचोक–५ डाँडागाउँमा पुनर्मिलन एवं अन्तरक्रिया
घरदैलो अभियानकै क्रममा बेथानचोक गाउँपालिका–५ डाँडागाउँमा पुर्नमिलन कार्यक्रम आयोजना गरिएको छ । विभिन्न पार्टीमा आवद्ध रहेकाहरु एमालेमा पुनर्मिलन भएका हुन् । स्थानीय प्रेम बहादुर गोलेको नेतृत्वमा दर्जनौं स्थानीय एमालेमै फर्किएका छन् । जनताको पार्टी एमाले नै रहेछ भन्ने आफुरुले महसुस गरेको गोलेले बताए । उनीहरुले डाँडागाउँमा खानेपानीको समस्या समाधानका लागि विशेष पहल गर्न आग्रह गरेका छन् । गत वर्षको बाढीपहिरोपछि यहाँका स्थानीयले खानेपानीका लागि सास्ती झेलीरहेका छन् ।

बिज्ञापन