बनेपा – काभ्रेको बनेपामा निकै लोकप्रिय समाजसेवी इमान्दार र बौद्धिक ब्याक्तित्वका रुपमा परिचित यूवा नेता रत्न कुश रंजितकार मेयरको उम्मेदवार बनेका छन् ।

बनेपा नगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयरको उम्मेदवार बनेका रंजितकार स्थानीय स्तरमा निकै लोकप्रिय समाजसेवीको रुपमा परिचित युवा हुन्।

समाज सेवामा अनवरत रुपमा लागेका रंजितकार ०७२ सालको भूकम्प होस् वा कोभिड १९ को जोखिमपूर्ण समय होस् हर पल हर क्षण बनेपाली जनताका हरेक दुख सुखमा सहयोगी बन्दै आएका छन्।

सानै देखि सामाजिक अभियान्ताकै रुपमा स्थानिय जनताहरुलाई कुनै न कुनै हिसावले सहयोग गर्दै आएका रंजितकार सहयोगी मात्र हैन भिजनकारी र हरेक क्षेत्रम सफल व्यक्तिको रुपमा समेत परिचित छन् ।

कुनै जिम्मेवार पदमा नहुँदा पनि जनताका दुखलाई आफ्नो दुख ठान्ने रत्नकुशले भूकम्प पछिको अवस्था र कोरोना संक्रमणको समयमा व्यक्तिगत रुपमा मानो देखी घरको छानोसम्म दिएर आम बनेपाली बासीको मन जित्न सफल भैसकेका छन्।

कोहि अभावमा बाच्नु नपरोस् कसैलाई दुख नहोस् भन्ने धारण राख्ने उनले कोरोना सक्रमणकालमा भएको लकडाउनका कारण रोजगारी गुमाएका वा दैनिक ज्याला मजदुरी गर्ने सबैलाई घरमै बोलाएर राहत स्वरुप खाद्यान्न समेत बाडेका थिए।

जनताको दुखमा ब्यतिगत सहयोग गरेका रंजितकारले बनेपाको प्रमुख बनेर बनेपालाई आकर्षक शहरको रुपमा बिस्तार गर्ने योजना यसरी सुनाउछन।

नागरिकहरुलाई विभिन्न विधामार्फत सम्पन्न बनाउने हाम्रो अभियान विगतमा जस्तै निरन्तर रहनेछ। बनेपा नगरमा रहेका सामुदायिक विद्यालयहरुमा आवाश्यकता अनुसार भौतिक पुर्वाधार निर्माण गर्दै प्रत्येक विद्यालयमा छात्र छात्राको लागि छुट्टै शौचालय, खानेपानिको ब्यवस्था, बालमैत्री कक्षा कोठा, बालमैत्री खेलमैदान, एक विद्यालय एक बाल उद्यानको, ब्यवस्था गरिने छ । १४ वटा वडामा रहेका स्वास्थ्य चौकिमा आवाश्यकता अनुसार भौतिक पुर्वाधार निर्माण, शौचालय र खानेपानिको ब्यवस्था, कर्मचारिको व्यवस्थापन, औषधि र सामग्रीहरुको ब्यवस्था गरी स्वास्थ्य चौकिले दिने सेवाको गुणस्तर वृद्धि गर्दै उक्त स्वास्थ्य चौकीमा प्रशुती कक्ष, खोपकेन्द्र, आधुनिक उपकरण सहितको प्रयोगशाला समेतको ब्यवस्था गरिने छ । काभ्रे उपत्यका एकिकृत खानेपानिको बाँकी कामलाई यथासिघ्र सम्पन्न गरी पानी बितरण गर्ने कामको ब्यवस्था मिलाईने छ । एकघर एक धारा र एक घर एक शौचालयको अवधारणालाई मूर्तरूप दिईने छ ।निर्वाहमुखी कृषिलाई ब्यवसाहिक बनाउनको लागि कृषिमा अनुदान, सहुल्यत कर्जा, मल र विउ विजनको सहज उपलब्धता जस्ता कार्यक्रम ल्याई युवाहरुलाई ब्यवसायिक कृर्षिमा प्रोत्साहन गरी रोजगारको सिर्जना गरिने छ । बनेपाका धार्मिक स्थलहरुको आवाश्यकता अनुसार थप भौतिक सुधार गरी धार्मिक तथा पर्यटकीय स्थलको रुपमा विकास गर्नेछौं ।बनेपा वसपार्क रहेको स्थानमा अत्याधुनिक र सुविधासम्पन्न भवनको निर्माण गरी उक्त भवनको भुईतलामा र्पार्किङ अन्य तलाहरुमा फुटपाथमा रहेका पसल हरुको व्यवस्थापन, प्रशासनिक कार्यालय तथा अन्य प्रयोजनको लागि प्रयोगमा ल्याईने छ । फुटपाथका पसल तथा पार्किङलाई उचित व्यवस्थापन गरिने छ । ठुला ब्यपार ब्यवसाय गर्न मिल्ने पुर्वाधारहरुको विकास गरिने छ । 

समाजसेवामा निकै सक्रिय रंजितकार सानै देखि एमालेको राजनीति सँग जोडिएका व्यक्ति हुन्। उनी हाल एमालेको बनेपा नगर कमिटिका अध्यक्ष समेत हुन्। हाल गठबन्धन रहेकोले तपाईलाई जित्न गाह्रो हुदैन भन्ने प्रश्नमा उनी भन्छन। जितमा हामीलाई समस्या हैन कसरी धेरै भन्दा धेरै मतले जित्ने अनि जितेपछि बनेपाली जनताको बिश्वास लाई कसरी जित्ने र त्यो बिश्वासलाई अझै कसरी सम्मान गर्ने भन्ने मात्र चिन्ता रहेको बताउछन।

पछिल्लो समय युवा प्रति जनतामा देखिएको आकर्षण आफ्नो लागी लाभदायक हुने उनको ठम्माइ छ। बनेपाली जनताले साच्चिकै परिवर्तन खोजेकोले समेत आफुलाई बिजयी बनाएर सुन्दर सफा र सम्बृद्ध बनेपा बनाउने अभियानमा साथ दिने उनको दाबी छ।

त्यसरी पाएको साथमा आफुले कहिले पनि बनेपाली जनताको चाहनामा घात नगर्ने उनको प्रतिवद्वता छ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..