काभ्रेपलान्चोक – जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोमा कार्यरत प्रहरी नायब निरीक्षक कपिल कार्की माघ महिनामा जिल्लाकै उत्कृष्ट प्रहरी घोषित भएका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले उनको कामको कदर गर्दै बेस्ट पोलिस अफ द मन्थ घोषणा गरेको हो ।

प्रहरी नायब निरीक्षक कार्कीले विभागिय मूल्य/मान्यता, आदेश/निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गर्दै विभिन्न मुद्दामा फरार रहेका प्रतिवादीहरुलाई पक्राउ गर्न महवपूर्ण भूमिका निर्वाह गरेका छन् ।

साथै अवैध घरेलु मदिरा, लागूऔषध ओसार पसार तथा सेवन र चोरी नियन्त्रणमा निरन्तर खटिई उत्कृष्ट एवं सिर्जनशील ढंगले कार्यसम्पादन गरिरहेको हुँदा उनीद्वारा सम्पादित उत्कृष्ट कार्यको उच्च मूल्यांकन गर्दै यसको निरन्तरताको अपेक्षा गर्दै अन्य प्रहरी कर्मचारीलाई समेत प्रोत्साहित गर्नकार्कीलाई माघ महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..