बनेपा, काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाँउपालिका चौबासमा जन्मनुभएको ताराबहादुर कुँवर एक समाजसेवी हुन् । बाल्यकाल गाँउ र सहरम गरि बिताएका थिए । सानो उमेर देखी नै निकै महेनत गरेर यहाँ सम्म आएको हामी लाई बताए । निरन्तर संघर्ष गरेका उनले कहिल्यै पनि जीवनमा हार खाएनन् । अध्ययनसँगै केही गरौं भनेर एउटा आँट लिएर ११ वर्षको उमेरमा काठमाडौं आएको थिए । ताराबहादुर कुँवर एक सफल व्यक्ति हुन व्यापारसँगै समाजसेवामा लागेका उनले रिक्सा, ठेला र टेम्पो पनि चलाउने गरेका थिए । टेम्पोमा ‘हजुरलाई नमस्ते’ लेखिएको र त्यही टेम्पोको यात्राबाट यहाँसम्म आइपुगेकाले पनि उनले यो शव्द छोडेका छैनन् । वाफलमा गाडीको विभिन्न सामग्री बिक्री गर्ने उनको पसलको नाम पनि ‘हजुरलाई नमस्ते ट्रेड लिंक’ हो । उनी जुनसुकै सानो काम पनि आफैं गर्नुपर्छ भन्ने पक्षमा छन् । काम भनेको सानो र ठूलो हुँदैन सोचाइमा मात्र फरक हो भन्ने उनले अरुलाई पनि सधैं संघर्ष गर्न प्रोत्साहन दिँदै आएका छन् । उनले कोरोना संक्रमण नेपालमा भित्रिएपछि आफ्नै घरको आँगनबाट झण्डै २५ सयलाई राहतस्वरुप दाल, चामल, नुन, तेल, चिनीका साथै स्वास्थ्य सामग्री पनि बाँडेका छन् । कसैलाई पनि बिहान बेलुका खान नपरोस् भनेर नै आफूले यो अभियान चलाएको उनी बताउँछन् ।

आफ्नो घरसम्म आउन नसक्नेका साथै फरक क्षमता भएकाका लागि उनी उनीहरु बसेकै ठाउँसम्म पुगेर पनि राहत बाँड्न पछि परेनन् । उनै समाजसेवी ताराबहादुर कुँवरसँग नव क्षितिज साप्ताहिको लाग्ी अरबिन्द्र गौतमले गरेको कुराकानि   

 

० तपाईको बाल्यकाल कहाँ कसरि बित्यो ?
काभ्रेपलाञ्चो जिल्लानको निकै विकट क्षेत्रको रुपमा चिनिने चौवास कोडका भन्ने ठाँउमा मेरो जन्म भएको हो । बाल्यकालमा घाँस दाउरा, गाईभैसी चराउने मेला पात जाने गरेको थिए । २ कक्षा सम्म गाँउमा नै पढे र ११ बर्षको उमेरमा पढ्नको लागि जेठो दाजु लाल बहादुर कुँवरसंग काठमाडौँ आएर अर्काको घरमा घर धन्दा गर्दै कक्षा ६ सम्मको शिक्षा हासिल गरे । त्यस पछि बिस्तारै बुझने भैयो । काम सँग सँगै पढदै गए ।

० समाजसेवा कहिले देखि गर्न थाल्नु भयो ?
समाजसेवा भनेको जन्मदा रगत मै आउने कुरा हो । मैले बचपन देखिनै सानो तिनो समाजसेवा गर्दै आएको छु र बिशेष गरेर २०७२ सालको महाभूकम्प पछि ज्यानकै बाजी राखेर समाजमा आपतबिपतमा परेका असाहय दिन दुखिहरुको ज्यान बचाउन र मेरो काराणले समाजमा कोहि मान्छेहरु बचाउन सकिन्छ भने किन चुप लागेर बस्ने भनेर समाजसेवामा होमिएको हुँ ।

चक्रपथ सरसफाई अभियान संचालन गर्ने सोच बिचार कताबाट आयो ?
२०४७ सालमा बाफल चक्रपथमा घर बनाएर बसे पछि चक्रपथमा राति राति मानिसहरुले बिभिन्न किसिमको फोहोर ,मरेका पशु पन्छीहरु फाल्न थाले त्यसलाई निर्मुल पार्न बेला बखत सफाई गर्दा गर्दै २०७० सालमा बागमती सफाई अभियान सुरु भयो । त्यसमा म पनि सहभागी भएर १ वर्ष निरन्तर बागमती सफाईमा लागे त्यस पछि २०७१ साल देखि २ घण्टा राष्ट्रको नाममा कलंकीचोक देखि नापतौल बिभाग बसपार्क सम्म सफाई गर्न सोच विचार आयो र निरन्तर सफाई गरेर सफाई जगतमा इतिहास रच्ने काम गरे ।

० चक्रपथ सफाई अभियानमा को को समावेश हुनुहुन्छ ?
चक्रपथ सरसफाई अभियानमा केहि समय मेरो परिवार छर छिमेकि अपि सको कर्मचारी मिलेर गरेका थियौ । त्यसछि नेपाल प्रहरी ससस्त्र प्रहरी नगरपालिका नेप्से म्याक लगायतका संस्थाहरु संग सहकार्य गर्दै हरेक हप्ता समाजका अग्रज मन्त्री सासद मेयेर वड़ा अध्यक्ष चर्चित कलाकारहरुलाई प्रमुख अतिथि बनाएर देश विदेशका सफाई अभियान्ताहरुलाई जोड्दै हरेक हप्ता २०० देखि ५०० जना सम्मको सहभागितामा मेरो ब्यक्तिगत खर्च र डोजर समेत निसुल्क गरेर पबित्र मनका धनीहरुलाई समावेश गर्दै सबैको साथ सहयोगमा संचालन गरियो ।

० सरसफाई अभियान कहिले सम्म संचालन हुन्छ ?
यो सरसफाई अभियान जबसम्म चक्रपथको आसपास मुख्य सडक सार्बजनिक बाटोघाटोहरु सफा देखिदैन तब सम्म निरंतर अभियान चलाउनको साथै फोहोर फाल्न हुन्न भन्ने जनचेतना फैलाउदै सार्बजनिक ठाउँमा चुरोटको ठुटो पानपराग गुट्खा करेन्ट खैनीको खोल चाउचाउ बिस्कुटको खोल मिनरल वाटर रक्सि बियरको बोतल जथाभाबी फाल्ने काम बन्द नभए सम्म निरंतर जारी रहने छ । सार्बजनिक ठाउँ सफा गर्न सक्छौ । हामीले नगरे कसले गर्छ । अहिले नगरे कहिले गर्ने सफाई अभियान जारी छ, जारी छ , भन्ने नाराका साथ निरन्तर चलिरहने छ ।

० तपाईको ब्यबसाय हजुरलाई नमस्ते ट्रेड लिंक प्रालि लाई कोरोना भाइरसले कतिको समस्या पार्यो ?
कोरोना भाइरसको कारण बिश्व नै समस्या ग्रस्त भएको बेला म एक बबुरोको ब्यबसाय चोखो रहने कुरा भएन । डोजरहरु सबै थन्के । काम जताततै अबरुद्द भए २, ४ महिना हैन अझ २, ४ वर्ष ह्ुन बेर छैन । किस्ता तिर्न धौ धौ भएको छ । त्यस्तै डोजÞर नचले पछि हजुरलाई नमस्ते ट्रेड लिंकले बिक्रि गर्न मोबिल ह्यद्रोलिक आइल डोजरको स्पेयर पार्ट्स बिक्रि हुने कुरै भएन त्यस माथि पनि जताततै लकडाउन ज्यान कसरी बचाउने भन्ने बेलामा ब्यापार भएन भनेर चिन्ता गर्ने कुरा पनि भएन । भर्खरै सुरु गरेको भए त तहस नहस नै हुने रहेछ । मैले त ५० वर्ष देखिको मेहेनत पसिना भएकोले केहि टिकेको छु । अन्य क्षेत्रहेरी हाम्रो यो क्षेत्र धेरथोर बच्न सफल भएका छ । कर्मचारी साथीहरुलाई काम होस् या नहोस महिना पुग्ने बितिकै खातामा पैसा जम्मा गर्ने पर्यो नत्र उहाँहरुको पनि जहान परिवार पालन परिहाल्यो । ट्रेडिंग बिजनेस हो उधारो लेना देना पनि हुन्छ तिर्न पर्ने ठाउमा माग्दा कोरोना महामारीम बाचिएछ भने तिरौला भनछन् । हामीले तिर्न पर्ने साहुहरु बिहान देखि आएर पसलमा बस्दा उल्टो छिटो पैसा देओस भनेर मलाई त रुघा खोकी जोरो छ तपाईहरुलाई सरला मलाई छिट्टै उम्काय दिनुस भन्छन । हजुरलाई नमस्ते ट्रेड लिंक पनि कोरोना महामारीमा संघर्स गर्दै बच्ने प्रयासमा छौ ।

० नयाँ नयाँ शाखा खोल्दै हुनुहुन्छ ब्यबसायबाट सन्तुस्ट हुनुहुन्छ ?
हो, भर्खरै भदौ ४ गते देखि भक्तपुर ठिमीमा हजुरलाई नमस्ते ट्रेड लिंकको शाखा विस्तार गरेको छु । आर्थिकमा समृदी नभए सम्म समाजमा केहि गर्न नसकिने कुरा भोगेर आएकै हौ त्यसैले बाफलको एउटा पसलको व्यापारले खर्च धान्न धौ धौ पार्यो । अब छोराहरु राम लक्ष्मन पनि ठुला भए त्यसैले २ भाइलाई २ ठाउमा छुट्टा छुट्टै पसल सुभारम्भ गरेको हो । सन्तुस्ट त अहिले सम्म ग्राहक देवताहरुको माया र साथले टिकेको छु । अहिले सम्म चिनेजानेको नजिकका भन्दा पनि टाडा टाडाका र नयाँ नयाँ ग्राहकहरुको साथ भरोसा पाएको छु । अब तपाइको पत्रिकामा अन्तरबार्ता छापिए पछि मेरो गृह जिल्ला काभ्रेमा हेबी इकुउप्मेंट निर्माण व्यावसाय क्रसर व्यावसाय कल कारखानाहरु बस ट्रिफर यातायात व्यावसायले माया गरेर सम्झे भने इनजिन अ‘ाइल, ग्रिज,हाइडरोलिक ओइल डोजरको पार्ट्सहरु खरिद गरिदिए भगवानको कृपाले भने नयाँ नयाँ शाखा खोलेर यसबाट कमाको पैसा ४० प्रतिशत समाजसेवामा समर्पित गर्ने छु । समाजसेवा गर्न पनि आयस्रोत आफ्नो छ भने मात्र पवित्र समाजसेवा हुन्छ अर्का संग मागेर समाजसेवा हुन्न भन्ने मलाई लाग्यो ।

० वृद्धा आश्रम खोल्ने सोचमा हुनुहुन्छ भन्ने सुनिएको छ ? के हो बास्तविकता ?
जिवनमा ११ वर्षको उमेरमा खाली खुट्टाले हिडेर चौबास बाट काठमाडौं आएको थिए । ठुलो मेहनत र परिश्रम गदै आएको छु । २०६६ सालमा २४ लाख बराबरको बजेटले आफ्नो जन्म भूमिमा बाटो निर्माण गरे थिए । आफ्नो जन्म भूमिको ऋण तिर्नको लागि केहि गरौ भन्ने मनासयले योजना बनाएको छु । भुम्लु गाउँपालिकामा धेरै अभिभावक बालबालिका, असहाय परिवार बिहिन आमा बुबाहरुको समस्या लाई मध्यनजर गर्दै भुम्लु गाउँपालिका को सम्पुर्ण मानिसहरुलाई खाने बस्ने लत्ताकपडा शिक्षा स्वास्थ्य सुरक्षा लगाएतको दैनिक जीवनमा आउने हरेक किसिमको समस्या लाई समधान गर्न खोजेका छौ । अब केही समय पछि वृद्धा आश्रम खोल्ने तयारीमा छु । भुम्लु गाउँपालिका भरिका सम्पुर्ण दिन दुखी गरिबहरुको संरक्षण गर्ने उदेश्यले अब गाउँपालिकामा आश्रम राख्ने तयारीमा छु ।

० राजनितिमा कतिको सक्रिय हुनु हुन्छ ?
म कुनै राजनीति दलमा सक्रिय छैन । म मेरो आफ्नै व्यवसायमा व्यस्त हुने गरेको छु । म एउटा व्यवसायी हुँ । यहाँ सबै पार्टीको व्यक्तिहरु आउनु हुन्छ । मैेले आज सम्म कुनै पार्टीको झण्डा बोकेको छैन र सदस्यता पनि लिएको छैन । सबै पार्टीले आफ्नो पार्टीमा आउन आग्रह गरेका छन । म एउटा व्यवसायी भएको कारणले पार्टी मा प्रवेश गरेको छैन । समयले कुनै दिन पार्टी प्रवेश गरायो भनि इमान्दारिताका साथ राजनिति गर्न सक्छु । राजनितिमा कमाउन जाने होइन । आफ्नै जन्म भूमिमा केहि गर्न र गराउन जाने सोचले आउने छु ।

० अन्तमा के भन्न चाहानु हुन्छ ?
तपाई लगायत तपाईको मिडियालाई धेरै धेरै धन्यबाद ।

 

 

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..