सिमरा जान रोकिएपछि महेश बस्नेतको आरोप : ‘जेन जेडको नाममा विभिन्न दलले अराजक भिड उतारे’

# सिमरा जान रोकिएपछि महेश बस्नेतको आरोप : ‘जेन जेडको नाममा विभिन्न दलले अराजक भिड उतारे’
काभ्रे प्रेस
काभ्रे प्रेस || बुधबार, मंसिर ०३, २०८२
सिमरा जान रोकिएपछि महेश बस्नेतको आरोप : ‘जेन जेडको नाममा विभिन्न दलले अराजक भिड उतारे’

नेकपा एमालेका नेता महेश बस्नेतले बाराको सिमरामा भएको प्रदर्शनले आफूहरू विचलित नहुने बताएका छन् ।बस्नेत, महासचिव शंकर पोखरेल लगायतका नेताहरू प्रदेशस्तरीय कार्यक्रमका लागि जाने भएपछि सिमरा विमानस्थलमा जेनजीहरूले प्रदर्शन गरेका थिए ।

प्रदर्शन उग्र बन्दै गएपछि अहिले प्रशासनले कर्फ्यु लगाएको अवस्था छ । प्रशासनले कर्फ्यु लगाउने कार्य नैतिक रुपमा गलत कार्य रहेको बस्नेतको भनाइ छ ।उनले भनेका छन्, ‘राष्ट्रिय युवा संघ नेपालको मधेश जागरण सभामा बाराको सिमरा जान लाग्दा यएरपोर्ट अवरोध गरेर जान नदिने ‘जेन–जेड’ को नाममा विभिन्न दल–आबद्ध अराजक भिड उतारेर आन्दोलन गराउने र ५०–६० जना संलग्न त्यति सामान्य घटनालाई नियन्त्रण गर्न नसकेर कर्फ्यु लगाउनु नैतिकरूपमा गलत कार्य हो ।’

बिज्ञापन

सभा–सम्मेलन गर्न पाउने, स्वतन्त्र विचार राख्न पाउने जस्ता संविधानले दिएको मौलिक अधिकारहरू हनन भएएको उनको आरोप छ । ‘…दलहरूको गतिविधि रोक्ने सरकारले फागुन २१ मा चुनाव गराउँछु भनेर दाबी गर्नु हास्यास्पद देखिन्छ,’ बस्नेतले भनेका छन् ।

‘हे कठपुतली सरकार, लोकतन्त्र, विधिको शासन र सुशासनको अझ कति खिल्ली उडाउने हो ? नियत स्पष्ट भइसकेको छ । जनता सबै बुझिसकेका छन् । हामी यस प्रकारका अवरोधले विचलित हुँदैनौं,’ बस्नेतले भनेका छन्, ‘लोकतन्त्र, कानुनी शासन र सुशासनको पक्षमा हाम्रो संघर्ष निरन्तर जारी रहनेछ ।’

प्रतिक्रिया दिनुहोस !
सम्बधित पोस्ट
up