पाँचखाल–०४ का छात्रछात्रालाई ट्राफिक नियम सम्बन्धी प्रशिक्षण

 

काभ्रेपलाञ्चोक । सडक दुर्घटना न्यूनीकरण तथा रोकथाम गर्ने उद्देश्यले ट्राफिक प्रहरीले पाँचखाल नगरपालिका–४ स्थित गोल्डेन फ्युचर माध्यमिक विद्यालयमा ट्राफिक सचेतना प्रशिक्षण प्रदान गरेको छ।

बिज्ञापन

विद्यालयमा अध्ययनरत कक्षा ९ र १० का करिब ५५ जना छात्र–छात्रालाई लक्षित गरी आयोजित उक्त कार्यक्रममा ट्राफिक नियम, सडक सुरक्षा, पैदल यात्रु र सवारी चालकले पालना गर्नुपर्ने सावधानी, दुर्घटना जोखिमका कारण र न्यूनीकरणका उपायहरूबारे विस्तृत जानकारी दिइएको विद्यालयले जनाएको छ।

प्रशिक्षणका क्रममा विद्यार्थीहरूलाई व्यवहारिक उदाहरणसहित सुरक्षित यात्राको महत्वबारे बुझाइ दिइएको थियो। विद्यालयका शिक्षकहरूका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीमार्फत समुदायमै सकारात्मक प्रभाव पर्ने र दुर्घटना न्यूनीकरणमा सहयोग पुर्‍याउने विश्वास लिइएको छ।