मोहन कृष्ण हुमागाईं , जर्मनी

मलाई उसले लुछेर खार्ई दिए हुन्थियो
चन्दन जस्तै घोटेर निघारमा लाई दिए हुन्थियो
मलाई गीत जस्तै लेखेर , बांसुरीमा गाई दिए हुन्थियो
चाहे म गहिरो निद्रामा किन न हुँ , आएर बार बार
मेरा हर पलहरुलाई सताई दिए हुन्थियो ।।

उनको गैर हाजिरीमा , उजाडिएको मेरो आत्मा
मेरा कर्णमा न्यानो ध्वनी फुकेर तताई दिए हुन्थियो
म उनको लागी सदैब हाजिर छु , बुझेर जताइ दिए हुन्थियो
म उनलाई कति चाहान्छु , उनले कानमा बताइदिए हुन्थियो
हे इश्वर उनी आत्मामा बसेर बरु म भित्रको म हटाइदिए हुन्थियो

सबैले भन्छन प्रिय , म तिमीलाई प्रेम गर्छु , त्यसैले खाइएदिउ जस्तो लाग्छ
तिम्रो जिवनमा आइदिउ लाग्छ ,माला बनाएर लाईदिउँ जस्तो लाग्छ तर मैले खाइदिदां तिमी विलय हुन्छौ , माला उन्दा कष्ट हुन्छ तिम्रो जिवनमा म आए भारी हुन सक्छ , सायद तिम्रो अस्तिव नै नष्ट हुन्छ त्यसैले म तिमीलाई गुमाएर प्रेम गर्न सक्दिन
मेरो प्रितीको परिभाषा तिमीले पाइदिए हुन्थियो
मेरा अमुक भावहरुले प्रसस्त बुझाइदिए हुन्थियो
एउटा यस्तो मार्ग होस प्रिय , मेरो आत्मालाई तिम्र्रो सगँ भेटाइदिए हुन्थियो तिम्रो चाहतमा जिन्दगी हर पन्नामा , भविष्य लेख्दै इतिहास , मेटाइदिए हुन्थियो

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..