काठमाण्डौ – वीरेन्द्र भाट विपिनको सम्पादनमा तीजगीत “धोबीखोला” को भिडियो सार्वजनिक भएको छ । हेमनाथ खरेलको शब्दरचना र वीर बहादुर विश्वकर्माको सङ्गीत रहेको यस गीतमा देवी घर्ती, वीर बहादुर विश्वकर्मा, रमेश विश्वकर्मा र ओम सेन्चुरीको स्वर रहेको छ। विनोद बाजुरालीको सङ्गीत संयोजन रहेको यस गीतको मिक्सिङ र माष्टरिङ खड्ग बाजुरालीले गरेका हुन् ।

खिमानन्द खरेलको लगानी एवं परिकल्पनामा निर्मित यस म्युजिक भिडियोको निर्देशन तथा सम्पादन वीरेन्द्र भाट ‘विपिन’ ले गरेका हुन् भने लोकेश भाटले सहायक सम्पादकको रुपमा काम गरेका छन् । शिवजी क्षेत्रीको कोरियोग्राफी र राम के.सी. को सिनेम्याटोग्राफी रहेको यस भिडिओमा लोमश शर्मा, अस्मिता रनपाल, कैलाश कठायत र कोमल पाण्डेले प्रमुख मोडलको रुपमा अभिनय गरेका छन् । भिडिओ वर्ल्डकभर मिडियाको पोष्ट प्रोडक्शनमा तथा निर्माण रेभान्स शिवा म्युजिक युट्युव च्यानलबाट सार्वजनिक भएको हो ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..