माओवादी घाँस र पार्टी: एक झार, दुई रूप : सगुन थापा

माओवादी घाँस र पार्टी: एक झार, दुई रूप
सगुन थापा।

नेपालमा पछिल्लो दुई दशकयता तीव्र रूपमा फैलिएको एक घातक झार हो—पार्थेनियम हाइस्टीरोफोरस (Parthenium hysterophorus) जसलाई जनस्तरमा “माओवादी घाँस” भनेर चिनिन्छ। तर यो नाम संयोग मात्रै होइन, यसका विशेषता राजनीतिक माओवादी आन्दोलनसँग पनि मिल्न आउँछन्—तीव्र फैलावट, स्थानीय पर्यावरणमा असर, र दीर्घकालीन क्षति।
सुरुमा गाउँका पाटी, गोठालो बाटो र सार्वजनिक जमिनमा फैलिएको देखियो माओवादी घाँस। उही बेला, राजनीतिक रूपमा पनि माओवादी पार्टी भूमिगत बाटो हुँदै मुलधारमा पस्दै थियो। आज दुबै यत्रतत्र फैलिएका छन्—एक जैविक रूपमा, अर्को वैचारिक रूपमा।

बिज्ञापन

वि.सं. २०६० को दशकमा जुन समयमा माओवादी आन्दोलन उत्कर्षमा थियो, त्यही समयमै यो बोट पनि सडकछेउ, बारी, सार्वजनिक जमिन हुँदै बस्तीहरूमा फैलिन थाल्यो। कृषि मन्त्रालयका अनुसार, यो घाँस अहिले २० भन्दा बढी जिल्लामा उच्च जोखिममा फैलिएको छ, र १५०० मिटर उचाइसम्म पनि फैलिन थालेको देखिन्छ।

स्वास्थ्य क्षेत्रमा यसको असर:
•छाला एलर्जी, श्वासप्रश्वासमा असर, आँखाको जलन
•चौपाया खाएमा दूधको मात्रा घट्ने र गम्भीर विषाक्तता

राजनीतिक असरको मिल्दो दृश्य:
•माओवादी आन्दोलनले पनि सुरुवातमा न्याय र समानताको नारा ल्यायो, तर पछि १० वर्षे युद्ध, १७,००० मृत्यु, र ५०,००० भन्दा बढी विस्थापितहरू को पीडादायक यथार्थ बन्यो।

सशस्त्र भूमिगत बाटोबाट संसदीय राजनीतिमा प्रवेश गरेपछि पनि, पार्टी विभाजन, गठबन्धनको अस्थिरता, र विकासमा अवरोध जस्ता समस्याहरू उस्तै देखिन्छन्।

हालसम्म न त यो घाँसको पूर्ण समाधान भेटिएको छ, न त माओवादी पार्टीको स्थायी वैचारिक स्थिरता। शोधकर्ताहरू र जनसाधारण दुवैले भन्छन्—दुवैको उपचार अब दीर्घकालीन सोच र सामूहिक जिम्मेवारीमै भर पर्छ।
👇 तपाईँ के सोच्नुहुन्छ?